कैलाश र मनाङ हेलिकोप्टरले पनि अब कोरोनाका बिरामीको उद्धार गर्ने « Khabarhub

कैलाश र मनाङ हेलिकोप्टरले पनि अब कोरोनाका बिरामीको उद्धार गर्ने


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कैलाश र मनाङ हेलिकोप्टरले पनि कोरोना संक्रमितको उद्धार गर्ने अनुमति पाएका छन् ।

यसअघि सिम्रिक हेलिकोप्टरले कोरोना संक्रमितको उद्धार गर्दै आएकोमा अब कैलाश र मनाङले पनि उद्धार गर्ने अनुमति पाएका हुन् ।

नागिरक उड्डयन प्राधिकरणले शुक्रबार थप यी दुई कम्पनीका हेलिकोप्टरलाई उद्धार उडानको अनुमति दिएको हो ।

अब उनीहरुले नेपालका जुनसुकै स्थानमा कोरोनाभाइरस संक्रमितलाई  उपचारका लागि उद्धार उडानको सेवा दिने छन् ।

अब शनिबारदेखि नै काेभिडका बिरामीलाई सेवा  दिने दुवै कम्पनीले जनाएका छन्।

स्वास्थ तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ संगठनको आवश्यक नीति निर्देशनको पालना गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उद्धार उडानको अनुमति पाएको कैलाश हेलिकोप्टरले प्रालिले जानकारी दिएको छ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ३५ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले