कलंकीमा ट्रकको ठक्करबाट एकको मृत्यु, ६ घाइते « Khabarhub

कलंकीमा ट्रकको ठक्करबाट एकको मृत्यु, ६ घाइते


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट ओखलढुङ्गाका ३० वर्षीय शंकर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश २-०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक अनियन्त्रित भई सडकमा रहेका सवारी साधनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा ट्रकका चालक लगायत ६ जना घाइते भएका छन्। घाइतेलाई बयोधा अस्पतालमा लगिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक पुरुषोत्तम कार्कीले जानकारी दिए।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकको ब्रेक फेल हुँदा अन्य ८ वटा सवारी साधनलाई समेत ठक्कर दिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उक्त ट्रक सडक नजिकैको घरमा ठोकिँदा उक्त घरमा समेत क्षति पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : ३१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते