हेटौंडा केन्द्र र बाग्मती नामका पक्षमा मतदान गर्न नेकपा र कांग्रेसको ह्वीप | Khabarhub Khabarhub

हेटौंडा केन्द्र र बाग्मती नामका पक्षमा मतदान गर्न नेकपा र कांग्रेसको ह्वीप


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नम्बर ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एकमत देखिएका छन् ।

दुवै दलको आइतबार विहान बसेको संसदीय दलको अलग अलग बैठकले राजधानी हेटौंडा र नाम वाग्मतीका पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्वीप समेत जारी गरेका छन् ।

प्रदेशसभामा विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानीमा काभ्रेको धुलिखेल प्रस्ताव दर्ता गरेपछि नेकपा र कांग्रेसले ह्वीप जारी गरेका हुन् ।

नेकपा प्रदेश नं ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले दलको निर्णयविपरीत नगर्न बैठकमा निर्देशन दिएका बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफ्नो पार्टीले हेटौंडा र बाग्मतीका पक्षमा मतदान गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ११ : १० बजे

सार्वजनिक पुस्तकालयको विकासमा बागमती प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं–  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्