चार महिना यताकै उच्चतम विन्दूमा नेप्से « Khabarhub

चार महिना यताकै उच्चतम विन्दूमा नेप्से


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साताको पहिलो दिन शेयर बजारमा उकालो लागेको छ ।

बजार खुलेदेखि निरन्तर बढ्ने क्रममा रहेको नेप्से परिसूचक एकैदिन ४२.६१ अंकले बढेर बजार बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा ३.५१ प्रतिशतले बढेर १२५५.७२ अंकमा पुगेको छ। जुन गत चारमहिना यताकै उच्चतम विन्दु हो । त्यस्तै, परिसूचकसँगै शेयर कारोबारमा पनि उच्च वृद्धि भएको छ ।

आइतबार मात्रै एक अर्ब ३३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । बजारमा कूल १७९ कम्पनीको ३८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।

कारोबारमा आएका मध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ५ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

त्यस्तै, गा्रमीण विकास लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया बैंकको ४ करोड रुपैयाँ भन्दा बढीको शेयर बिक्री भएका छन् । बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेसँगै आइतबारको बजारमा उछाल आएको हो ।

सो दिन जीवन बीमा र निर्जीवन बीमा समूह त्रिपल डिजिट अर्थात उच्च अंकले बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४०९.२७ र निर्जीवन बीमा समूह ३८४.२१ अंकले उकालो लागेका छन् ।

बजारमा कारोबारमा आएका सबै सूचक हरिया देखिएका छन् । जसमध्ये म्युचअल फण्ड समूह सामान्य अंकले बढेको छ भने बाँकी समूह दोहोरो अंकले उकालो लागेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : २१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको