प्रधान सेनापति थापा सेनाको विमान चढेर बंगलादेश प्रस्थान « Khabarhub

प्रधान सेनापति थापा सेनाको विमान चढेर बंगलादेश प्रस्थान


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान सेनापति (महारथी) पूर्णचन्द्र थापा औपचारिक भ्रमणका लागि बंगलादेश प्रस्थान गरेका छन् ।

प्रधान सेनापति थापा नेपाली सेनाको एम–२८ (स्काईट्रक) विमानमार्फत आइतबार बंगलादेश प्रस्थान गरेका हुन् ।

बंगलादेश प्रस्थान गरेका प्रधान सेनापति थापालाई नेपाली सेनाक बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको निमन्त्रणमा प्रधान सेनापति थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेश प्रस्थान गरेका थापा माघ १ गते स्वदेश फर्किनेछन् ।

प्रधान सेनापति थापाले बंगलादेश भ्रमणका क्रममा विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय अधिकारीसँग भेटवार्ता तथा ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ३४ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल