अबको आन्दोलन आर्थिक विकासका लागि हुनुपर्छ : अर्थमन्त्री खतिवडा | Khabarhub Khabarhub

अबको आन्दोलन आर्थिक विकासका लागि हुनुपर्छ : अर्थमन्त्री खतिवडा


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश नं २ मा अब आर्थिक विकासका लागि आन्दोलन हुन जरुरी रहेको बताएका छन् ।

महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वरको नवनिर्मित भवनको समुद्घाटनमा अर्थमन्त्री खतिवडाले प्रदेश नं २ मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यस प्रदेशका स्थानीय सरकार, प्रदेश सरकार तथा जनताको सेवा सुविधाका लागि कार्यरत प्रत्येक निकायलाई एकअर्कासँग समन्वय गर्दै विकासका कार्यक्रम अगाडि बढाउन सुझाव दिए ।

उनले अहिले सबैभन्दा ठूलो आन्दोलन समाज परिवर्तनको आन्दोलन गर्न, आर्थिक रुपान्तरण गर्न र चौतर्फी विकासका नयाँनयाँ योजना ल्याउन सुझाव दिए । उनले कुनै एक प्रदेश, कुनै एक स्थानीय तह वा कुनै एक क्षेत्र विशेषको विकास गर्दैमा नेपालको विकास नहुने उल्लेख गर्दै सङ्घीय सरकारले देशको चौतर्फी विकासका लागि सबै प्रदेश र स्थानीय तहलाई आवश्यकता हेरी बजेट दिने गरेको बताए ।

अर्थमन्त्री डा खतिवडाले बजेटको सदुपयोग गरेमा देश साँच्चै विकास हुने विश्वास व्यक्त गरे । प्रदेश नं २ को सरकारले प्राप्त बजेटको ६० प्रतिशत पनि खर्च गर्न नसकेकाले विकास पनि सोचेजस्तो नहुने भन्दै उहाँले ८०/८५ प्रतिशतसम्म बजेट खर्च गर्न निर्देशन दिए ।

अर्थमन्त्री डा खतिवडाले नेपाल सरकारले तय गरेका ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पलाई पूरा गर्न नेपाल सरकार अहिले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै आएको बताए ।

उनले विकासका लागि अगाडि बढ्न तथा जनताको घरदैलोमा गएर सेवा दिन सबैलाई सुझाव दिए ।

मन्त्री खतिवडाले महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वर प्रदेश नं २ कै नमूना भन्सार रहेको र पछिल्लो दिनमा यस भन्सारले राजस्व सङ्कलन तथा व्यापारमा निक्कै महत्वपूर्ण भूमिका खेलेको बताउँदै अर्थमन्त्री डा खतिवडाले यस भन्सार कार्यालयले आउँदा दिनमा थप सुविधा पाउने बताए ।

उनले वर्षौंदेखि भारु रुपैयाँका लागि सटही काउण्टरको अभावको समस्या झेल्दै आएका महोत्तरी तथा यस भन्सार नाकाबाट भारत जानेको पीडामा मल्हम लगाउनका लागि भन्सार परिसरमै चाँडै सटही काउन्टर सञ्चालनमा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ६ : ०७ बजे

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी – इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको

तराई–मधेसमा खानेपानी र सिँचाइका लागि काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव

एमाले महासचिवको तर्क- लोकतन्त्र बलियो बनाउन विद्या भण्डारीलाई रोक्यौँ, सदस्यता स्वत: निष्क्रिय भइसक्यो

काठमाडौं- नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय

कसले गर्‍यो रेजर ब्लेडको अनौठो व्यापार ?

काठमाडौँ – नेपाल अधिकांश वस्तु आयात गरेर निर्वाह हुँदै आएको

जनकपुरधाममा सात वर्षपछि आन्तरिक लक्ष्यभन्दा बढी राजस्व

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरधामले सात वर्षपछि तोकिएको लक्ष्यभन्दा बढी