कोरोनाको सम्भावित संक्रमण रोक्न जनस्वास्थ्य बिज्ञ डा‍. समिरका १२ सुझाव « Khabarhub

कोरोनाको सम्भावित संक्रमण रोक्न जनस्वास्थ्य बिज्ञ डा‍. समिरका १२ सुझाव


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरसको त्रास नेपालमा निकै बढेको छ ।

चीनको कोरोना भाइरस संक्रमण नफैलिएका शहरहरुबाट स्वेदश आएका नेपाली, चिनियाँँ पर्यटक तथा चिनियाँ पर्यटकसँग नजिक बसेकाहरु ज्वरोको लक्षण देखिने वित्तिकै कोरोनाको आशंकामा टेकु अस्पताल पुग्छन् ।

तर, सरकारले उनीहरुलाई कोरोना परीक्षण भने गराएको छैन । सरकारले त्रिभुवन विमानस्थलमा कोरोना प्रभावित देशबाट स्वदेश भित्रिने नेपाली नागरिक तथा विदेशी पर्यटकको विमानस्थलकै चेकजाच गर्ने गरेको बताएको छ ।

तर, त्रिभुवन विमानस्थलमा भएको स्वास्थ्य परीक्षण प्रभावकारी नभएको गुनासोहरु समेत आउन थालेको छ । चीनमा फैलिएको कोरोना भाइरस नेपालमा जुनसुकै बेला फैलनसक्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ ।

चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई समयमै रोक्न जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डे (समिर)ले सरकारलाई १२ वटा सुझाव दिएका छन् । उनले विमानस्थलमा प्रभावकारी रुपमा हेल्थ डेस्क सञ्चालन गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

यस्तो छ डा समिरले सरकारलाई दिएको १२ सुझाव

१. एयरपोर्टको ग्राउण्डमा प्रभावकारी हेल्थ डेस्कहरु राख्ने, हरेक यात्रीको थर्मल स्क्यान ( ज्वरोको लागि)  गर्ने तथा रुघाखोकी लगायत कोरोनाका लक्षण भए नभएको हेर्ने ।

२. एयरपोर्ट भित्र बिशिष्ट ल्याब सहितको स्पेशल हेल्थ डेस्क राख्ने,  शंकास्पद व्यक्तिको पूर्ण परिक्षण गर्ने, शंका लागेमा अस्पताल पठाउने ।

३. प्यासेन्जर चीनबाट वा चीनको ट्रान्जिट हुँदै आएको भए कोरोनाको लक्षण नदेखिए पनि अस्पताल लगेर जाँच गर्ने ब्यबस्था मिलाउने

४. शंकास्पद अन्य यात्रुलाई पनि सिधै अस्पताल लैजाने ।

५. विमानस्थलमा होस् वा अस्पतालमा, बिरामीको इच्छा अनुसार जांच वा भर्ना स्थगित वा रद्द नगर्ने । यस्तो संबेदनशील बिषयमा कडा रुपमा प्रस्तुत हुने ।

६. टेकु अस्पताल पठाउँदा बिरामी भर्ना हुन नखोज्ने अवस्था भएमा प्रहरी अस्पतालमा उपचारको प्रबन्ध मिलाउने ।

७. पर्यटक बस्ने, घुम्ने क्षेत्र ( जस्तै ठमेल, दरवारमार्ग ), होटेल, क्यासिनो, स्विमिंग पुल आदिलाई रेड जोन घोषणा गरेर त्यहाँ बिशेष निगरानी एबम सरसफाई प्रभावकारी बनाउने ।

८. हरेक घर, टोल, सडक लगायत सबै ठाउँमा सरसफाई तथा जनचेतना अभियान निरन्तर गरिरहने ।

९. मित्रराष्ट्र चीनसँग समन्वय गरेर उनीहरुले कोरोना नियन्त्रण / रोकथामको लागि प्रयोग गरेका बिधि, केमिकल, प्रबिधि आदिको जानकारी लिएर तदनुसार ब्यबस्था मिलाउने ।

१०. आइसोलेसनको लागि सहरभन्दा बाहिर खुला ठाउँमा ८-१० दिनमै न्युनतम ५०० कोठाको टहरा बनाउने ।

११. आम जनताको त्रास हटाउनको लागि कोरोना डाइग्नोसिस गर्ने किट प्रत्येक प्रयोगशालामा उपलब्ध गराउने ।

१२. अन्य चिनियाँँ तथा भारतीय नाकामा प्रबिधि सम्पन्न ल्याब तथा आइसोलेसन केन्द बनाउने ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ६ : १२ बजे

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने

राजस्थानले लखनउलाई दियो १६० रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३२औँ खेलमा राजस्थान

सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छ : प्रहरी महानिरीक्षक

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप