आगोले पोल्दा तत्काल अपनाउनुपर्ने ७ टिप्स « Khabarhub

आगोले पोल्दा तत्काल अपनाउनुपर्ने ७ टिप्स


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

लगभग सबै मानिसलाई कुनै न कुनै बेला केहि न केहिले पक्कै पोलेको होला । कहिले आगो, तातोपानि, तातो तेल, हिटर, अगरबत्ती वा अन्य तातो वस्तुको प्रयोगमा सानो असावधानी हुनासाथ पोल्ने संभावना हुन्छ ।

यस किसिमको पोलाईका कारण जलन हुनुका साथै यो निकै पीडादायक समेत हुन्छ । साथै पोलेको वा डढेको भागमा पछिसम्म दाग रहने गर्दछ ।

जलन वा पोलाई अप्रत्यासित दुर्घटना भए पनि यो विशेषतः लापरबाहि र सावधानीको अभावमा हुने गर्दछ । तर दुर्घटना भइसकेपछि पुनः घटना नदोहोरियोस् भनेर सावधानी अपनाउनुका साथसाथै तत्काल प्राथमिक उपचार गर्नु पनि आवश्यक हुन्छ ।

प्राथमिक उपचारका लागी निम्न टिप्स उपयोगी हुन्छ :

१. यदि आगोले वा तातो पानीले पोलेको छ र छाला छेडिएको वा नष्ट भएको छैन भने तत्काल सफा चिसो पानीमा डुबाउनु पर्दछ ।

२. यदि औलामा पोलेको छ र छाला नष्ट भएको छैन भने टमाटर काटेर लगाइ राख्दा पीडा कम हुन्छ ।

३. यदि पोलेको छ र फोका उठी सकेको छ भने त्यसलाई सकेसम्म फुटाउनु हुदैन ।

४. पोलेको छ र छाला नष्ट भई घाउ भएको छ भने सफा नरम कपडाले छोपि तत्काल अस्पताल जाने ।

५. आगो वा तातोपानि, तेलले पोलेका पीडितलाई प्रशस्त झोलिलो पदार्थ खान दिने ।

६. यदि एसिडले पोलेको छ भने स्लाइन पानि वा सफा पानीले घाउ सफा गरी तत्काल अस्पताल जाने ।

७. पोलेको घाउमा घिउकुमारीको भित्री भाग (गुदि) लगाएमा धेरै हदसम्म यो निको हुन्छ ।

तर कुनै पनि वस्तु, आगो, तातो पानी वा एसिडले पोलेमा अवस्था अनुसार सकेसम्म अस्पताल गई उपचार गराउनु पर्दछ । अन्यथा सानो हेलचेक्र्याईले पनि पोलेको घाउमा गम्भीर समस्या आउन सक्छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ७ : ४६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा