आगोले पोल्दा तत्काल अपनाउनुपर्ने ७ टिप्स « Khabarhub

आगोले पोल्दा तत्काल अपनाउनुपर्ने ७ टिप्स


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

लगभग सबै मानिसलाई कुनै न कुनै बेला केहि न केहिले पक्कै पोलेको होला । कहिले आगो, तातोपानि, तातो तेल, हिटर, अगरबत्ती वा अन्य तातो वस्तुको प्रयोगमा सानो असावधानी हुनासाथ पोल्ने संभावना हुन्छ ।

यस किसिमको पोलाईका कारण जलन हुनुका साथै यो निकै पीडादायक समेत हुन्छ । साथै पोलेको वा डढेको भागमा पछिसम्म दाग रहने गर्दछ ।

जलन वा पोलाई अप्रत्यासित दुर्घटना भए पनि यो विशेषतः लापरबाहि र सावधानीको अभावमा हुने गर्दछ । तर दुर्घटना भइसकेपछि पुनः घटना नदोहोरियोस् भनेर सावधानी अपनाउनुका साथसाथै तत्काल प्राथमिक उपचार गर्नु पनि आवश्यक हुन्छ ।

प्राथमिक उपचारका लागी निम्न टिप्स उपयोगी हुन्छ :

१. यदि आगोले वा तातो पानीले पोलेको छ र छाला छेडिएको वा नष्ट भएको छैन भने तत्काल सफा चिसो पानीमा डुबाउनु पर्दछ ।

२. यदि औलामा पोलेको छ र छाला नष्ट भएको छैन भने टमाटर काटेर लगाइ राख्दा पीडा कम हुन्छ ।

३. यदि पोलेको छ र फोका उठी सकेको छ भने त्यसलाई सकेसम्म फुटाउनु हुदैन ।

४. पोलेको छ र छाला नष्ट भई घाउ भएको छ भने सफा नरम कपडाले छोपि तत्काल अस्पताल जाने ।

५. आगो वा तातोपानि, तेलले पोलेका पीडितलाई प्रशस्त झोलिलो पदार्थ खान दिने ।

६. यदि एसिडले पोलेको छ भने स्लाइन पानि वा सफा पानीले घाउ सफा गरी तत्काल अस्पताल जाने ।

७. पोलेको घाउमा घिउकुमारीको भित्री भाग (गुदि) लगाएमा धेरै हदसम्म यो निको हुन्छ ।

तर कुनै पनि वस्तु, आगो, तातो पानी वा एसिडले पोलेमा अवस्था अनुसार सकेसम्म अस्पताल गई उपचार गराउनु पर्दछ । अन्यथा सानो हेलचेक्र्याईले पनि पोलेको घाउमा गम्भीर समस्या आउन सक्छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ७ : ४६ बजे

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन