सिन्धुपाल्चोकमा कोरोनाको त्रास ! ८४ जना बिरामी परेपछि गाउँपालिकाले लेख्यो मन्त्रालयलाई पत्र « Khabarhub

सिन्धुपाल्चोकमा कोरोनाको त्रास ! ८४ जना बिरामी परेपछि गाउँपालिकाले लेख्यो मन्त्रालयलाई पत्र


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा रुघाखोकीका बिरामी बढ्न थालेपछि कोरोनाको आशंकामा स्थानीय त्रसित बनेका छन् ।

कोरोनाको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्यधिक ज्वरो आउने ८४ जना भन्दा बढी बिरामी गाउँमा भेटिएका छन् ।

गाउँमा बिरामीहरु बढ्न थालेपछि गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सम्बोधन गर्दै पत्राचार समेत गरेको छ ।

मंगलबार गाउँपालिकाले ‘अत्यन्त जरुरी’ भन्दै आवश्यक सहयोगका लागि पत्र लेखेको हो ।

पत्रमा लेखिएको छ– सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपािलका वडा नं. ३ साविक गुम्बा गाविसक वडा नं. ८ गुम्बा वस्तीमा २०७६/१०/२७ गतेदेखि हालसम्मम विश्वमा फैरिहेको नोबेल कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा, कोखी र अत्याधिक ज्वरो जस्ता लक्षणका बिरामीहरु देखा परेको हुँदा सो को परीक्षणका लागि विशेष टोली खटाइ दिन अनुरोध गर्दछौं ।’

चीनमा कोरोनाको संक्रमण फैलिरहेका बेला चीनसँग जोडिएको सिन्धुपाल्चोकमा पनि कोरोनासँग मिल्ने लक्षण देखिएका बिरामी फेला परेपछि स्थानीय त्रसित बनेका हुन् ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले कोरोनाको आशंका गरिए पनि उनीहरुलाई रुघाखोकी मात्र लागेको हुनस्कने बताए । उनले जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औषधिहरु र माक्स खरिद गरी पठाइसकेको जानकारी दिए ।

कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चीनसँग आउजाउ नभएकोले कोरोना नै हो भन्ने आधार नरहेको उनले प्रष्ट्याए । संक्रमण देखिएकाहरुलाई अरु व्यक्तिसँग सम्पर्कमा नआउन र छुट्टै बस्न अनुरोध गरिएको छ ।

गत विहीबारबाट यस्तो लक्षण देखिन थालेपछि बिरामी हुनेको संख्या ८४ पुगेको गाउपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताए । बिरामी परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोधसहित पत्र पठाएको जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ८ : २३ बजे

बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा