म्याद थपका लागि आग्रह गर्न छलफल गर्दै कार्यदल « Khabarhub

म्याद थपका लागि आग्रह गर्न छलफल गर्दै कार्यदल


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको समससीमा आज (बुधबार) सकिँदैछ ।

गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकले बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित ३ सदस्यीय कार्यदलले १० दिनको समयसीमा पाएको थियो ।

यो १० दिनको अवधिमा अध्ययनका लागि समय लागेको र प्रतिवेदन तयार पार्न समय नपुगेको भन्दै नेतृत्वसँग थप समय माग्ने तयारी गरेको छ । यस विषयमा अहिले छलफल भइरहेको कार्यदलका संयोजक झलनाथ खनालले खबरहबलाई जानकारी दिए ।

अध्ययन सामग्री जुटाए अध्ययन गर्न समय लागेको र प्रतिवेदन लेखनका लागि समय चाहिने भएकाले थप समय माग्ने विषयमा अहिले छलफल भइरहेको खनालले बताए ।

कति समय माग्ने भन्ने विषयमा भने कार्यदल टुंगोमा पुगेको छैन् । यसअघि मंगलबार बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार पार्न थप समय माग्ने निर्णय गरेको थियो ।

म्याद नथप्ने ‘मुड’मा ओली
कार्यदलले थप समय मागेपनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने कार्यदलको म्याद थप्ने मुडमा छैनन् । ओलीले सोझै संसदमा प्रस्ताव लैजाने तयारी थालेका छन् ।

एमसीसी संसदबाट अनुमोदन नभई कार्यान्वयन नहुने र यसको समयावधि गुज्रदै गएका कारण सोझै संसदमा प्रस्ताव लैजाने सोचमा प्रधानमन्त्री ओली पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यही हप्ता सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसीको प्रस्ताव टेबुल गर्न आग्रह गर्ने सम्भावना रहेको छ ।

एमसीसीको विषय यही फेब्रुअरीभित्र संसदबाट अनुमोदन नभए फिर्ता हुने भएकाले पनि अनुमोदनका लागि प्रधानमन्त्री ओली आफैं सक्रिय भएका हुन् ।

एमसीसीको अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड भए हुबहु पारित गर्ने र नभए खारेज हुने भएकाले थप छलफलका लागि आवश्यक नरहेकोले ओली कार्यदलको म्याद नथपि संसदबाट अनुमोदन गराउने तयारीमा पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले पनि कार्यदललाई दिएको जिम्मेवारी समयमै पूरा गर्नुपर्ने भन्दै कार्यदलले निर्धारित समयमा तोकिएका विषय अध्ययन गरेर प्रतिवेदन नबुझाए कार्यदल नै जिम्मेवारी पूरा नगरेको ठहर हुने जनाएको छ ।

एमसीसी अध्ययनका लागि गठन गरिएको कार्यदलका नेकपा बरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ३६ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि