एक हप्ता मै तौल घटाउने ७ उपाय | Khabarhub Khabarhub

एक हप्ता मै तौल घटाउने ७ उपाय


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आजकाल धेरै मानिसको आम समस्या हो मोटोपन । एकाएक शरीरमा वजन बढ्नु र यसलाई नियन्त्रण गर्न नसक्नु धेरै मानिसको समस्या बनिरहेको छ ।

जसका कारण मानिसहरु चिन्तित हुने गर्दछन् । बढेको वजन घटाउन मानिसहरु अनेकौं प्रयाश गर्छन् तर चाहे अनुसारको उपलब्धि भने प्राप्त हुदैन ।

यस्तोमा हामी एकाएक वजन घटाउने केहि टिप्स दिदैछौ, जसको पालना गरेमा तपाईको वजन केहि सातामा नै घट्न थाल्दछ ।

१. पैदल हिड्न नचाहानु
आजकल मानिसहरु अल्छि हुदै गएका छन् । उनिहरु सहज र सुविधायुक्त यात्रा चाहान्छन् । तर केहि मिनेटको बाटो पनि पैदल हिड्न चाहदैनन् । तर पैदल नहिड्ने मानिसको तौल मासिक १ केजीसम्म बढ्न सक्छ । तर्सथ आजैबाट न्युनतम दैनिक ४ किलोमिटर हिड्नुहोस् ।

२. लगातार नबस्नु
आजकल धेरै मानिसमा एक खराब बानि छ, लगातार एकै स्थानमा धेरैबेर बस्ने । तर लामो समयसम्म एकै स्थानमा बसिरहदा हरेक महिना १ देखि २ केजी तौल बढ्ने गर्दछ । त्यसकारण लगातार बस्न छाडेर एकएक घण्टाको फरकमा केहिबेर हिड्नुहोस् ।

३. टीभी हेर्दै नखानुहोस्
कतिपय मानिसमा टेलिभिजन हेर्दै खाने बानि हुन्छ । तर यस्तो बानि तपाईमा पनि छ भने आजैबाट यो बानिलाई त्याग्नुहोस् । किनभने टीभी हेर्दै खादाँ मासिक १ केजीसम्म वजन बढ्दछ । टिभिमात्र होइन मोवाइल, ल्यापटप, कम्प्युटर लगातको उपकरण नचलाउनुहोस् ।

४. निदाउनु अघि नखानुहोस्
यदि कोहि मानिसमा निदाउनु अघि केहि खाने बानि छ भने यो बानि आजै त्याग्नुहोस् । सुत्नुअघि खाने बानिका कारण मासिक सवा केजीसम्म वजन बढ्ने गर्दछ । बरु सुत्नुअघि एक गिलास पानि पिउनुहोस् तर क्यालोरी बढाउने कुनै खाना नखानुहोस् ।

५. सबेरै सुत्नु हो
प्रविधिको युगको नाममा आजकल अधिकाशं मानिसमा बेलुका अबेरसम्म जागा बसि मोवाइल चलाउने बानि परेको छ । तर यसो गर्नाले मानिसको वजन महिनाभरीमा ८ सय ग्रामसम्म बढ्ने गर्दछ । तसर्थ राती अबेरसम्म नसुत्ने बानी छ तत्काल यो बानि छाड्नुहोस् ।

६. पर्याप्त ननिदाउनु
ब्यस्तता वा चिन्ता दुबै कारणले केहि मानिसहरु पर्याप्त निदाउदैनन् । तर शरीरलाई चाहिनेभन्दा कम मात्रामा निदाउने मानिसको वजन पनि बढ्ने गर्दछ । तसर्थ मानिसले दैनिक रात्रिमा ७ देखि ८ घण्टासम्म निदाउनु आवश्यक छ ।

७. अत्यधिक चर्काे खानु
केहि मानिस खानामा अत्यधिक मात्रामा चर्काे नुन खाने गर्दछन् । तर चर्काे नुन खानेहरुमा मासिक ३ सय ग्रामसम्म वजन बुद्धि हुन्छ । तसर्थ अत्यधिक नुन वा धेरै नुनिलो खानेकुरा खानबाट बच्नुहोस् । अन्यथा शरीर सुन्निने र तौल बढ्ने समस्या हुनसक्छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : १६ बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य