एक हप्ता मै तौल घटाउने ७ उपाय « Khabarhub

एक हप्ता मै तौल घटाउने ७ उपाय


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आजकाल धेरै मानिसको आम समस्या हो मोटोपन । एकाएक शरीरमा वजन बढ्नु र यसलाई नियन्त्रण गर्न नसक्नु धेरै मानिसको समस्या बनिरहेको छ ।

जसका कारण मानिसहरु चिन्तित हुने गर्दछन् । बढेको वजन घटाउन मानिसहरु अनेकौं प्रयाश गर्छन् तर चाहे अनुसारको उपलब्धि भने प्राप्त हुदैन ।

यस्तोमा हामी एकाएक वजन घटाउने केहि टिप्स दिदैछौ, जसको पालना गरेमा तपाईको वजन केहि सातामा नै घट्न थाल्दछ ।

१. पैदल हिड्न नचाहानु
आजकल मानिसहरु अल्छि हुदै गएका छन् । उनिहरु सहज र सुविधायुक्त यात्रा चाहान्छन् । तर केहि मिनेटको बाटो पनि पैदल हिड्न चाहदैनन् । तर पैदल नहिड्ने मानिसको तौल मासिक १ केजीसम्म बढ्न सक्छ । तर्सथ आजैबाट न्युनतम दैनिक ४ किलोमिटर हिड्नुहोस् ।

२. लगातार नबस्नु
आजकल धेरै मानिसमा एक खराब बानि छ, लगातार एकै स्थानमा धेरैबेर बस्ने । तर लामो समयसम्म एकै स्थानमा बसिरहदा हरेक महिना १ देखि २ केजी तौल बढ्ने गर्दछ । त्यसकारण लगातार बस्न छाडेर एकएक घण्टाको फरकमा केहिबेर हिड्नुहोस् ।

३. टीभी हेर्दै नखानुहोस्
कतिपय मानिसमा टेलिभिजन हेर्दै खाने बानि हुन्छ । तर यस्तो बानि तपाईमा पनि छ भने आजैबाट यो बानिलाई त्याग्नुहोस् । किनभने टीभी हेर्दै खादाँ मासिक १ केजीसम्म वजन बढ्दछ । टिभिमात्र होइन मोवाइल, ल्यापटप, कम्प्युटर लगातको उपकरण नचलाउनुहोस् ।

४. निदाउनु अघि नखानुहोस्
यदि कोहि मानिसमा निदाउनु अघि केहि खाने बानि छ भने यो बानि आजै त्याग्नुहोस् । सुत्नुअघि खाने बानिका कारण मासिक सवा केजीसम्म वजन बढ्ने गर्दछ । बरु सुत्नुअघि एक गिलास पानि पिउनुहोस् तर क्यालोरी बढाउने कुनै खाना नखानुहोस् ।

५. सबेरै सुत्नु हो
प्रविधिको युगको नाममा आजकल अधिकाशं मानिसमा बेलुका अबेरसम्म जागा बसि मोवाइल चलाउने बानि परेको छ । तर यसो गर्नाले मानिसको वजन महिनाभरीमा ८ सय ग्रामसम्म बढ्ने गर्दछ । तसर्थ राती अबेरसम्म नसुत्ने बानी छ तत्काल यो बानि छाड्नुहोस् ।

६. पर्याप्त ननिदाउनु
ब्यस्तता वा चिन्ता दुबै कारणले केहि मानिसहरु पर्याप्त निदाउदैनन् । तर शरीरलाई चाहिनेभन्दा कम मात्रामा निदाउने मानिसको वजन पनि बढ्ने गर्दछ । तसर्थ मानिसले दैनिक रात्रिमा ७ देखि ८ घण्टासम्म निदाउनु आवश्यक छ ।

७. अत्यधिक चर्काे खानु
केहि मानिस खानामा अत्यधिक मात्रामा चर्काे नुन खाने गर्दछन् । तर चर्काे नुन खानेहरुमा मासिक ३ सय ग्रामसम्म वजन बुद्धि हुन्छ । तसर्थ अत्यधिक नुन वा धेरै नुनिलो खानेकुरा खानबाट बच्नुहोस् । अन्यथा शरीर सुन्निने र तौल बढ्ने समस्या हुनसक्छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : १६ बजे

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि