अमेरिकाविरुद्धको खेलमा सन्दीपको नयाँ कीर्तिमान « Khabarhub

अमेरिकाविरुद्धको खेलमा सन्दीपको नयाँ कीर्तिमान


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अमेरिकाविरुद्धको खेलमा नयाँ कीर्तिमानी बनाएका छन् ।

उनी एकदिवसिय क्रिकेटमा नेपालका लागि एकै इनिङ्समा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।

उनले अमेरिकाविरुद्ध ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

एकदिवसिय क्रिकेटमा यसअघि यो कीर्तिमान नेपालका पेश बलर सोमपाल कामीको नाममा थियो । उनले युनाइटेड अरब इमिरेट्सविरुद्ध शृङ्खलामा एकै खेलमा ५ विकेट लिँदै नयाँ कीर्तिमान बनाएका थिए ।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिका ३५ रनमा अल आउट भएको थियो । जसमा लामिछानेले ६ विकेट लिँदा सुशान भारीले ४ विकेट लिएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ४४ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको