जेनेभा– विश्व स्वास्थ्य संगठनले नोबल कोरोनाभाइरसको नाम कोभिड–१९ (covid-2019) राखेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेडरोस एडह्यानोम गिब्रेसिसले जेनेभामा पत्रकारसँग कुरा गर्दै भने,‘हामीले कोरोनाभाइरसको नाम कोभिड–१९ राखेका छौं ।’
सीओ को अर्थ कोरोना, भीआई को अर्थ भाइरस र डी को अर्थ डिजीज भएको बताइएको छ। सन् २०१९ मा पत्ता लागेकाले यसलाई छोटकरीमा कोभिड–१९ भनिएको टेडरोसले बताए ।
डाक्टर टेडरोसले चीनबाट फैलन सुरु भएको यस कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि आक्रमक रुपमा लाग्नुपर्ने पनि बताए ।
गतवर्षको डिसेम्बरमा चीनको हुपेइ प्रान्तस्थित वुहान शहरमा पहिलोपटक नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
यतिबेला विश्वका २५ भन्दा बढी मूलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण ११ सय जनाको मृत्यु भएको छ । ४५ हजारभन्दा बढी यसबाट संक्रमित रहेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया