सुशील र रुबिनाको ‘लभ डायरिज’ रुचाउलान् दर्शकले ? « Khabarhub

सुशील र रुबिनाको ‘लभ डायरिज’ रुचाउलान् दर्शकले ?


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रणय दिवसको अवसर पारेर फिल्म ‘बुलबुल’ प्रदर्शनमा आएको थियो । यो फिल्मको अहिलेसम्म पनि उत्तिकै चर्चा हुन्छ । यस वर्ष प्रणय दिवसको अवसर पारेर फिल्म ‘लभ डायरिज’ फागुन २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

फिल्ममा सौरभ चौधरीको निर्देशन छ भने विनोद सापकोटाको लगानी छ । यस्तै फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजीत रिमाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

रोमान्टिक कमेडी भनिएको यो फिल्ममा एक जोडीको प्रेमकथा छ, जो नजिक छन् र सधै झगडा गरिरहन्छन् । फिल्मको ट्रेलर तथा टिजरबाट यो फिल्म प्रेममा आधारित देख्न सकिन्छ । फिल्ममा सुशील श्रेष्ठ केन्द्रीय भूमिकामा छन् । उनलाई एक्सन भूमिकामा पनि धेरथोर देख्न सकिनेछ ।

प्रेम, रोमान्स र विछोडको कथा समेटिएको यो फिल्मको एक गीतमा प्रिन्सी र प्रिज्मालाई पनि देख्न सकिनेछ ।

पटक–पटक रिलिज मिति सारिएको यो फिल्म अब भने पक्का रिलिज हुन लागेको हो । फिल्मले सोलो रिलिजको मौका पाएको छ । यद्यपि चर्चाको हिसाबले खासै चर्चा फिल्मले बनाउन सकेको छैन ।

निर्देशक सौरभ चौधरीले भने फिल्म दर्शकले चाहेजस्तो बनेको बताएका छन् । उनले आफूले फिल्म हेरेको र मन परेको दाबी गर्दै आएका छन् । त्यसो त नायक सुशील श्रेष्ठ र नायिका रुबिना थापा पनि यो फिल्मबाट आशावादी छन् ।

मधु बास्तोलाको कथा रहेको यो फिल्ममा सञ्जय लामाको छायांकन छ । यस्तै फिल्मलाई मिलन श्रेष्ठ र दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

प्रणय दिवसमा प्रेमीप्रेमिका हलसम्म पुगेर यो फिल्म हेर्ने निर्माण टिमको विश्वास छ । तर, फिल्मले दर्शकमा उत्साह जगाउन भने सकेको छैन  ।

अर्कातिर, शुक्रवारदेखि नै हिन्दी फिल्म ‘लभ आजकल’ प्रदर्शनमा आउँदैछ । फिल्ममा कार्तिक आर्यन र सारा अली खानको अभिनय छ । रिलिजअघि फिल्मको राम्रो चर्चा छ ।

बलिउडमा चर्चा बटुलेको ‘लभ आजकाल’ को नेपालमा पनि चर्चा छ । प्रणय दिवसका दिन नै प्रदर्शनमा आउन लागेकाले यसको व्यापारले ‘लभ डायरिज’ मा घाटा हुने पक्का छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ३ : १३ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई