सुशील र रुबिनाको ‘लभ डायरिज’ रुचाउलान् दर्शकले ? « Khabarhub

सुशील र रुबिनाको ‘लभ डायरिज’ रुचाउलान् दर्शकले ?


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रणय दिवसको अवसर पारेर फिल्म ‘बुलबुल’ प्रदर्शनमा आएको थियो । यो फिल्मको अहिलेसम्म पनि उत्तिकै चर्चा हुन्छ । यस वर्ष प्रणय दिवसको अवसर पारेर फिल्म ‘लभ डायरिज’ फागुन २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

फिल्ममा सौरभ चौधरीको निर्देशन छ भने विनोद सापकोटाको लगानी छ । यस्तै फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजीत रिमाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

रोमान्टिक कमेडी भनिएको यो फिल्ममा एक जोडीको प्रेमकथा छ, जो नजिक छन् र सधै झगडा गरिरहन्छन् । फिल्मको ट्रेलर तथा टिजरबाट यो फिल्म प्रेममा आधारित देख्न सकिन्छ । फिल्ममा सुशील श्रेष्ठ केन्द्रीय भूमिकामा छन् । उनलाई एक्सन भूमिकामा पनि धेरथोर देख्न सकिनेछ ।

प्रेम, रोमान्स र विछोडको कथा समेटिएको यो फिल्मको एक गीतमा प्रिन्सी र प्रिज्मालाई पनि देख्न सकिनेछ ।

पटक–पटक रिलिज मिति सारिएको यो फिल्म अब भने पक्का रिलिज हुन लागेको हो । फिल्मले सोलो रिलिजको मौका पाएको छ । यद्यपि चर्चाको हिसाबले खासै चर्चा फिल्मले बनाउन सकेको छैन ।

निर्देशक सौरभ चौधरीले भने फिल्म दर्शकले चाहेजस्तो बनेको बताएका छन् । उनले आफूले फिल्म हेरेको र मन परेको दाबी गर्दै आएका छन् । त्यसो त नायक सुशील श्रेष्ठ र नायिका रुबिना थापा पनि यो फिल्मबाट आशावादी छन् ।

मधु बास्तोलाको कथा रहेको यो फिल्ममा सञ्जय लामाको छायांकन छ । यस्तै फिल्मलाई मिलन श्रेष्ठ र दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

प्रणय दिवसमा प्रेमीप्रेमिका हलसम्म पुगेर यो फिल्म हेर्ने निर्माण टिमको विश्वास छ । तर, फिल्मले दर्शकमा उत्साह जगाउन भने सकेको छैन  ।

अर्कातिर, शुक्रवारदेखि नै हिन्दी फिल्म ‘लभ आजकल’ प्रदर्शनमा आउँदैछ । फिल्ममा कार्तिक आर्यन र सारा अली खानको अभिनय छ । रिलिजअघि फिल्मको राम्रो चर्चा छ ।

बलिउडमा चर्चा बटुलेको ‘लभ आजकाल’ को नेपालमा पनि चर्चा छ । प्रणय दिवसका दिन नै प्रदर्शनमा आउन लागेकाले यसको व्यापारले ‘लभ डायरिज’ मा घाटा हुने पक्का छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ३ : १३ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा