‘प्रधानमन्त्रीज्यू बाँसुरीको धुनमा मस्त हुनुहुन्छ’ « Khabarhub

‘प्रधानमन्त्रीज्यू बाँसुरीको धुनमा मस्त हुनुहुन्छ’


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले बालुवाटारमा केही दिनपहिला आयोजित सारंगी साँझको आलोचना गरेकी छिन् ।

बुधवारको प्रतिसभा बैठकमा आफ्ना धारणा राख्दै सांसद पन्तले तत्कालीन रोम साम्राज्यका सम्राट निरोसँग प्रधानमन्त्री केपी ओलीको तुलना गरिन् ।

‘माघ २१ गते प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गर्नु भएको ‘सारंगी साँझ’को तस्वीरले ज्यादै द्रबित बनायो’ उनले संसद बैठकमा भनिन्,‘ कल्पना गरौँ, यदि निरोको तस्वीर भइदिएको भए, त्यो तस्वीरसँग यो तस्वीर उस्तै देखिन्थ्यो होला ! तर, निरोको प्रवृत्तिसँग प्रधानमन्त्रीको यो कार्य मिल्दोजुल्दो छ ।

सांसद पन्तले चीनमा रहेका नेपालीहरू सरकारसँग उद्धारको याचना गरिरहेका समयमा प्रधानमन्त्री बाँसुरी बजाउनमा मस्त रहेको आरोप उनले लागइन् ।

‘ललिता निवासको जग्गा भ्रष्टाचारमा आफ्नालाई उन्मुक्ति दिने र फरक विचार राख्नेलाई जेल पठाउने तयारी हुँदै गर्दा प्रतिपक्षी दल आन्दोलनमा छ । विपन्न नागरिक जाडोमा एकजोर न्यानो लुगा फेर्ने हैसियतमा छैनन् । कर्णालीमा सिटामोलको अभावले तीन सातामा ९ जनाको ज्यान गएको छ । चुरेदोहन उत्कर्षमा छ । महँगी आकाशिएको छ । नागरिकको दैनिकी अस्तव्यस्त छ ’ उनले भनिन्,‘ तर, प्रधानमन्त्रीज्यू बाँसुरीको धुनमा मस्त हुनुहुन्छ । प्रधानमन्त्रीज्यू अहिले मनोरञ्जन गर्ने फुर्सदमा हुनुहुन्छ । म सोच्ने गर्छु, चीनमा अलपत्र र दुरदराजका नागरिकले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान् ! उनीहरूलाई कति लाज भयो होला ! ’

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ३ : ०४ बजे

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि