हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने « Khabarhub

हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन बैंकको प्रस्तावित २२ प्रतिशत लाभांश पारित भएको छ । माघ २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १२ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको १० प्रतिशत बोेनस सेयर पछि ९ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ ।

बुधबार सम्पन्न सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सञ्चालकको निर्वाचनको लागि यी ५ जनाको मात्रै उमेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित सञ्चालक मध्ये शर्मा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । शर्मा यसअघि नविल बैंकको संचालक समिति सदस्य भइसकेका छन् भने युनाइटेड इन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्ष पनि भइसकेका हुन् ।

श्रेष्ठ यसअघि पनि बैंक संचालक समिति सदस्य थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादर थापाका छोरा तथा पूर्वमन्त्री हुन् । हिमालयन शमशेर जवराका ज्वाइँ थापा पृथ्बीबहादुर पाँडेसमुहको प्रतिनिधित्व गर्दै आएका हुन् ।

त्यस्तै, लालानी पाकिस्तानको हबिव बैंकको प्रतिनिधित्व गर्दै संचालक समितिमा आएका हुन् । गौतम कर्मचारी संचय कोषको तर्फबाट संचालक बनेका हुन् ।

साथै, सभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरिक्षकमा वर्तमान लेखापरिक्षक बि आर एस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ । निजको लागि २० लाख रुपैयाँ पारिश्रमिक तोकिएको सभाले जानकारी गराएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ३ : ४८ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान