‘उद्धारका लागि तयार बस्न’ चीनमा रहेका नेपालीलाई दूतावासको सन्देश « Khabarhub

‘उद्धारका लागि तयार बस्न’ चीनमा रहेका नेपालीलाई दूतावासको सन्देश


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको उहानमा रहेका नेपालीलाई फागुन तीन गते नेपाल फर्काउने तयारी थालिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागनु ३ गते शनिवार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको थियो ।

चीनको बेजिङमा रहेको नेपाली दूतावासले चीनको हुबेमा रहेका नेपालीहरुलाई स्वेदश फर्काउनका लागि जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीलाई दिएको छ ।

दूतावासले सन्देश पठाउँदै उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

हुबेमा रहेका नेपालीलाई वीच्याटमार्फत तयार रहन सन्देश पठाइएको हो ।

उहानमा रहेका नेपालीहरूलाई पठाएको सन्देशमा उडानको अनुमति पाउने बित्तिकै “हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्नका लागि सवारीसाधन लगायतको व्यवस्थापन गरिने र त्यसका लागि समय पनि तोकिने“ उल्लेख छ ।

हुबेमा रहेका नेपालीहरूलाई शनिवार स्वदेश फर्काउने निर्णय गरेसँगै त्यसका लागि विभिन्न तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवेदन दिन आह्वान गरेकामा १८७ जनाले निवेदन दिएका थिए ।

उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट एकैपटकमा नेपाल ल्याउन लागिएको स्वास्थ्य मन्त्रालय श्रोतले जानकारी दियो ।

उद्धार गरेर ल्याइएका नेपालीहरूलाई दुई सातासम्म भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रसहितका चार स्थानमा चिकित्सकीय निगरानीमा राखिने तयारी गरिएको छ ।

हुबेमा रहेका नेपालीहरूलाई लिन जाने जहाजमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने छ । कोरोना भाइरसबाट बच्ने उपायहरूको तालिम लिएका स्वास्थ्यकर्मी विमानमा हुनेछन् ।

नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज पठाइनेछ ।

नेपालबाट जाने विमानमा चार जना स्वास्थ्यकर्मीहरू पठाइन लागेको स्वास्थ्य मन्त्रालय श्रोतले बताएको छ ।

मङ्गलवार सेना, सशस्त्र र जनपथ प्रहरी एवम् स्वास्थ्यकर्मी सम्मिलित ८६ जनलाई सुरक्षित भएर काम गर्ने तालिम दिइएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : ३५ बजे

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

काठमाडौं– झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी

एमालेमा ईश्वर पोखरेल समूह बढारिने खतरा, योगेश र गोकर्ण मात्रै सुरक्षित

काठमाडौं- नेकपा (एमाले) को ११ औँ महाधिवेशनको मतगणना परिणामअनुसार अध्यक्षका

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज

रवि र छविको मुद्दाको पेशी मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पौडेलको इजलासमा

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन

अध्यक्षमा ओली र महासचिवमा पोखरलेको अग्रता कायमै

काठमाडौं– एमालेको ११औँ महाधिवेशनको मतगणना अद्यावधिक विवरणअनुसार अध्यक्षमा केपी शर्मा