घट्यो प्याजको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

घट्यो प्याजको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा प्याजको मूल्य घटेको छ । कुनै बेला बजारमा प्याजको प्रतिकिलो मूल्य २ सय ५० हाराहारीमा रहेको थियो । तर बजारमा प्याजको मूल्यमा ह्वात्तै कमी आई प्रतिकेजी १ सय रुपैयाँ भन्दा तल झरेको व्यवसायीहरुले बताएका छन् ।

कालिमाटी तरकारी तथा फलफूल बजारका अनुसार बजारका अनुसार साताको शुरु बाट प्याज ९० रुपैयाँदेखि १ सय रुपैयाँसम्म कारोवार भइरहेको छ । साथै प्याजको तरकारी बजारमा प्याजको थोक मूल्य ७२ रुपैयाँदेखी ७५ रुपैयाँसम्म रहेको जनाएको छ ।

धेरै वस्तुहरुमा नेपाली बजार भारतीय बजारमा निर्भर रहने गर्दछ । तथ्यांकअनुसार नेपालमा उपभोग गरिने लगभग ९० प्रतिशत हाराहारीमा प्याज भारतबाट आयात गर्ने गरिएको छ ।

तर भारतबाट आउने प्याजको आयातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको थियो । भारतको प्रतिबन्धका कारण छिमेकी राष्ट्र चीनबाट प्याजको आयात हुन थालेको थियो, तर प्याजको मूल्यमा भने कुनै परिवर्तन आएको थिएन ।

बजारमा नयाँ प्याज आउन थालेसँगै मूल्यमा कमि आएको व्यावसायीहरुले बताएका छन् । साथै भारतीय बजारबाट पनि प्याजको आयातमा केही मात्रामा सहज आयात हुन थालेकाले पनि प्याजको मूल्यमा कमि आएको हो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : ५० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको