नेपालका चार विद्यार्थी दक्षिण अष्ट्रेलियाको एडिलेडका एम्बेसेडर « Khabarhub

नेपालका चार विद्यार्थी दक्षिण अष्ट्रेलियाको एडिलेडका एम्बेसेडर


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्टडी एडिलेड, एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबर्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसेडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ ।

मेरियट होटल, काठमाडौंमा आयोजित एक प्रिजेन्टेशन समारोहमा नेपालका ४ जना विद्यार्थीलाई एम्बेसेडर घोषणा गरिएको थियो । उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार, दक्षिण अष्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरुका अधिकारीहरु उपस्थित थिए ।

विद्यार्थी एम्बेसेडरलाई स्टडी एडिलेडले ५ हजार अष्ट्रेलियन डलरको उत्साजनक सर्पोट प्याकेज प्रदान गर्नेछ जसमा १ हजार ५ सय अष्ट्रेलियन डलर सम्मको फिर्ती टिकट, १ हजार अष्ट्रेलियन डलरको उपहार भउचर, व्यवसायी विकास सत्र, एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निशुल्क प्रवेश समावेश गरिएको छ जहाँ विद्यार्थीहरु शहरको पूर्ण शैक्षिक र जीवनशैली अनुभव गने सक्षम हुनेछन् ।

विद्यार्थीहरुलाई आफ्नो साथीहरु, परिवार र समुदायसँग एडिलेड अन्तर्राष्ट्रय विद्यार्थीहरुका लागि अष्ट्रेलियाकै सर्वश्रेष्ठ शहरहरु मध्य एक भएको र यसको फाइदाहरुका बारेमा पोष्ट, भिडियो र ब्लगमार्फत शेयर गर्न प्रत्सोहान गरिन्छ ।

वर्षैदेखि नेपालबाट धेरै विद्यार्थीहरु उच्च शिक्षाका लागि एडिलेड जाने क्रम बढ्ढो छ, जहाँ सन् २०१९ मा २ हजार भन्दा बढि विद्यार्थीले अध्ययनका लागि एडिलेड चयन गरेका छन् । एडिलेडका विश्वविद्यालयमा इन्जिनियरिङ, कम्प्युटर साइन्स र आईटी नेपाली विद्यार्थीहरुको लोकप्रिय पाठ्यक्रमहरु रहेका छन् ।

यो प्रतियोगिताले नेपालभरि नै उत्साहजनक प्रतिक्रिया पाएको थियो र पहिलो पटक “स्टडी एडिलेड स्टुडेन्ट एम्बेसेडर” को ट्याग जित्नका लागि ठुलो संख्यामा उम्मेदवारले आवेदन दिएका थिए । सन् २०२० का लागि छनौट गरिएका ४ विद्यार्थीहरु काठमाडौंका पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका खगेन्द्र कार्की रहेका छन् ।

यस अवसरमा स्टडी एडिलेडका सिईओ क्यारन केन्टले भने, “हामी नेपालमा पहिलो पटक आयोजना गरिएको २०२० एम्बेसेडर प्रोग्रामको प्रतिक्रयाबाट निकै उत्साहित छौं । हामीले दक्षिण एशियाबाट १ हजार ५ सय भन्दा बढि उच्च गुणस्तरीय आवेदन प्राप्त गरेका थियौ र नेपालको संख्या उल्लेखनिय रहेको थियो । यसले हामीलाई निर्णय लिन निकै कठिन बनाएको थियो ।”

“हामी २०२० का लागि नेपालका ४ स्टुडेन्ट एम्बेसेडरलाई स्वागत गर्न र उनीहरुलाई हाम्रो भाइब्रेन्ट शहरी जीवन, सुरक्षित, सहयोगी समुदाय र वल्र्ड–क्लास शैक्षिक संस्थासँग परिचित गराउन उत्साहित छौं ।

यो जीतको बारेमा पार्वती बुढाथोकी, छनोट भए मध्यकी एक विद्यार्थीले भनिन्, “ यो प्रतिस्पर्धा जित्नु मेरो अष्ट्रेलियामा उच्च शिक्षाका लागि ठुलो शुरुवात हो । स्टडी एडिलेड एम्बेसेडर बन्न पाउनु मेरा लागि गर्वको कुरा हो । म विद्यार्थीको रुपमा भाइब्रेन्ट र स्वागतमय शहर एडिलेडको समृद्ध अनुभवको प्रतिक्षा गर्दछु र आफ्नो अनुभव नेपालका इच्छुक विद्यार्थीहरुसँग बाड्न चाहन्छु ।”

पार्वती बुढाथोकीले दक्षिण अष्ट्रेलियाको विश्वविद्यालयमा डाटा साइन्समा स्नातकोत्तर कार्यक्रमका लागि भर्ना गरेकी छिन् । स्टडी एडिलेड एम्बेसेडरहरुले फ्लिन्डर युनिभर्सीटी, द युनिभर्सीटी अफ एडिलेड, युनिभर्सीटी अफ साउथ अष्ट्रेलिया, टीएएफई एसए र इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट लगायतका संस्थाहरुमा इन्जिनियरिङ, हेल्थ म्यानेजमेन्ट र सोस्यल वर्कमा स्नातकोत्तर गर्नेछन् ।

विश्वभरका शिर्ष २५ युनिभर्सीटीमा पर्ने यसका ३ स्टेट युनिभर्सीटीहरुका साथ एडिलेड विद्यार्थी जीवनका लागि तयार पारिएको अग्रणी शैक्षिक शहर हो । इकोनोमिस्ट इन्टिलिजेन्श युनिट वल्र्डवाइड कस्ट अफ लिभिङ रिर्पोटका अनुसार एडिलेड सिड्नी र मेलबोर्नको तुलनामा बस्नाका लागि १४५ किफायती छ । यो शहरको अर्थव्यवस्था पनि तीव्र रुपले बढिरहेको छ र धेरै अष्ट्रेलियन स्पेश एजेन्सीको मुख्य ठाँउ हो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : ०३ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको