सिभिल बैंकले कमायो ३१ करोड ६२ लाख नाफा | Khabarhub Khabarhub

सिभिल बैंकले कमायो ३१ करोड ६२ लाख नाफा


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुस मसान्तसम्म सिभिल बैंकले ३१ करोड ६२ लाख रुपैयाँ कमाएको छ । निक्षेप २१ प्रतिशत र कर्जा प्रवाह १४ प्रतिशतले बढाएको सिभिलले अघिल्लो वर्षको यही अवधीभन्दा साढे ५ करोड कम कमाएको हो ।

बैंकले पुस मसान्तसम्म ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ४३ अर्ब निक्षेप संकलन गरी ४४ अर्ब कर्जा प्रवाह गरेको थियो ।

दोस्रो त्रैमाससम्म बैंकको ग्राहक संख्या ४ लाख १२ हजार ८१९ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४ प्रतिशतले वृद्धि हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या २ लाख ६७ हजार ३५९ थियो ।

यसैगरी बैंकको कुल सञ्चालन आम्दानी र खुद सञ्चालन आम्दानी पनि क्रमशः ९ र २१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिसम्म १ अर्ब ३३ करोड रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ५ करोड रहेको खुद सञ्चालन आम्दानी बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

सिभिल बैंकले चालु वर्षको दोस्रो तीन महिनासम्म खराब कर्जा अनुपातमासुधार गरेको छ । बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ०.८५ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म ३.५४ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर २.६९ प्रतिशतमा झरेको हो ।

समीक्षा अवधिमा बैंकको आधार दर पनि ०.३६ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिसम्म ११.३१ प्रतिशत रहेको आधार दर घटाएर समीक्षा अवधिमा १०.९५ पुर्‍याएको छ ।
गत वर्ष बैंकको जम्मा शाखा संख्या ७३ मात्र रहेकोमा बैंकको दीर्घकालीन रणनीतिक योजना अनुसार चालु वर्षको पुष मसान्तसम्ममा ३१ थप शाखा विस्तार भई जम्मा शाखा संख्या १ सय २ पुगेको जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : १० बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून