ललिता निवास जग्गा प्रकरण : अख्तियारले कारबाही गर्न नमिल्ने भन्दै न्यायाधीशद्वारा सर्वोच्चमा रिट « Khabarhub

ललिता निवास जग्गा प्रकरण : अख्तियारले कारबाही गर्न नमिल्ने भन्दै न्यायाधीशद्वारा सर्वोच्चमा रिट


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि चितवन जिल्ला न्यायाधीश विनोद कुरमा गौतमले आफूलाई कारबाही नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

पूर्व उपसचिव गौतमले आफू न्यायाधीश भइसकेकाले भ्रष्टाचार मुद्दा दायर गर्नु गतल भएको दाबी रिटमा गरेका छन् ।

अख्तियार दुरुपयोग आयोग, प्रमुख आयुक्त, अन्य आयुक्त र विशेष अदालतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा उनले न्यायाधीश निलम्बल गर्ने अधिकार अख्तियारलाई नभएको भन्दै न्यायाधीशको रुपमा काम यथावत रही काम गर्न दिनू भनि अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।

न्यायाधीश गौतमले आफूमाथि मुद्दा चलाउने अख्तियारको गत माघ २२ गतेको निर्णय र आफूलाई निलम्बित गर्ने माघ २३ गतेको पत्र पूर्वाग्रही भएको भन्दै न्यायाधीशको रुपमा काम गर्न दिन र आफूमाथिको कारबाही यथास्थितिमा राख्न अन्तिरम आदेश माग गरेका हुन् ।

भ्रष्टाचारजन्य कार्य गरेको भए न्यायाधीशलाई न्यायपरिषद् बाहेक अन्य निकाय वा पदाधिकारीले कारबाही गर्ने कुनै गुन्जायस नरहने भएकाले अख्तियारले विशेष अदालतमा हालेको आरोपपत्र गैरकानुनी भएको उनको रिटमा गरिएको छ ।

अख्तियारले न्यायपरिषदमा लेखी पठाउनसम्म सक्ने, आफैंले अभियोजन गर्ने कार्यबाट गलत भएको दाबी रिटमा छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : २४ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश