लस्कर ए तैएबाका संस्थापक हफिज सईदलाई ५ वर्षको जेल सजाय « Khabarhub

लस्कर ए तैएबाका संस्थापक हफिज सईदलाई ५ वर्षको जेल सजाय


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाहौर– पाकिस्तानको एउटा अदालतले भारतको मुम्बई शहरमा सन् २००८ मा भएको आक्रमणको प्रमुख योजनाकार मानिने लस्कर ए तैएबा नामक सशस्त्र संगठनका संस्थापक एवं जमात उद दवा समूहका प्रमुख हफिज सइदलाई ५ वर्षको जेल सजाय सुनाएको छ ।

पाकिस्तानको लाहौर शहरमा रहेको प्रतिआतंकवाद अदालतले उनलाई आतंकवादी गतिविधिमा वित्तीय सहयोग गरेको दुई अभियोगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको हो । उनलाई ती अभियोगमा १५–१५ हजार पाकिस्तानी रुपैयाँ जरिवानाको फैसला समेत सुनाएको छ ।

उनीमाथि आतंकवादी गतिविधिलाई वित्तीय सहयोग गरेको विषयमा अरु केही अभियोग अदालतमा सुनुवाईको क्रममा छन् । ती सबै मुद्दाको सुनुवाई हुन्जेलसम्मका लागि उनलाई हिरासतमै राख्न समेत अदालतले निर्देशन दिएको छ ।

उनलाई गत वर्षको जुलाई महिनामा पाकिस्तानको प्रतिआतंकवाद विभागले पक्राउ गरेको थियो । पेरिसमा रहेको फाइनान्सियल एक्सन टास्क फोर्स एफएटिएफले दबाब दिएपछि पाकिस्तानले उनलाई पक्राउ गर्न बाध्य भएको थियो । त्यसलगत्तै पाकिस्तानले जमात उद दबा, लस्कर ए तैएबा, जैश ए मोहम्मद लगायतका सशस्त्र समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

पाकिस्तानको प्रतिआतंकवाद विभागका अनुसार उनले अल अन्फल ट्रष्ट, दवातउल इर्शाद ट्रष्ट, मुआज बिन जबाल ट्रष्ट लगायतका कोषबाट आतंकवादी गतिविधिका लागि ठूलोस्तरमा रकम संकलन गर्दै आएका थिए ।

भारतले सन् २००८ मा मुम्बई शहरमा १६० भन्दा धेरैको ज्यान जानेगरी भएको आतंककारी हमलामा हफिज सईद मुख्य योजनाकार रहेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : २५ बजे

भक्तपुर-२ मा समानुपातिक मतगणना सकियो, रास्वपाले ४३ हजार ल्याउँदा कांग्रेस-एमाले ८ हजारमा सीमित

भक्तपुर- यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर

अछाम–२ मा एमालेका बोगटीको निरन्तर अग्रता, कांग्रेसका शाह पछ्याउँदै

अछाम – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम क्षेत्र नम्बर २

रास्वपाको लहर चिर्दै सुनसरीबाट आयो प्रतिपक्षी आवाज, दोस्रो पटक निराश भइन् गोमा

सुनसरी – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा श्रम

सप्तरी–१ मा रास्वपकी चौधरी विजयी

राजविराज (सप्तरी)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. १