लस्कर ए तैएबाका संस्थापक हफिज सईदलाई ५ वर्षको जेल सजाय | Khabarhub Khabarhub

लस्कर ए तैएबाका संस्थापक हफिज सईदलाई ५ वर्षको जेल सजाय


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाहौर– पाकिस्तानको एउटा अदालतले भारतको मुम्बई शहरमा सन् २००८ मा भएको आक्रमणको प्रमुख योजनाकार मानिने लस्कर ए तैएबा नामक सशस्त्र संगठनका संस्थापक एवं जमात उद दवा समूहका प्रमुख हफिज सइदलाई ५ वर्षको जेल सजाय सुनाएको छ ।

पाकिस्तानको लाहौर शहरमा रहेको प्रतिआतंकवाद अदालतले उनलाई आतंकवादी गतिविधिमा वित्तीय सहयोग गरेको दुई अभियोगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको हो । उनलाई ती अभियोगमा १५–१५ हजार पाकिस्तानी रुपैयाँ जरिवानाको फैसला समेत सुनाएको छ ।

उनीमाथि आतंकवादी गतिविधिलाई वित्तीय सहयोग गरेको विषयमा अरु केही अभियोग अदालतमा सुनुवाईको क्रममा छन् । ती सबै मुद्दाको सुनुवाई हुन्जेलसम्मका लागि उनलाई हिरासतमै राख्न समेत अदालतले निर्देशन दिएको छ ।

उनलाई गत वर्षको जुलाई महिनामा पाकिस्तानको प्रतिआतंकवाद विभागले पक्राउ गरेको थियो । पेरिसमा रहेको फाइनान्सियल एक्सन टास्क फोर्स एफएटिएफले दबाब दिएपछि पाकिस्तानले उनलाई पक्राउ गर्न बाध्य भएको थियो । त्यसलगत्तै पाकिस्तानले जमात उद दबा, लस्कर ए तैएबा, जैश ए मोहम्मद लगायतका सशस्त्र समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

पाकिस्तानको प्रतिआतंकवाद विभागका अनुसार उनले अल अन्फल ट्रष्ट, दवातउल इर्शाद ट्रष्ट, मुआज बिन जबाल ट्रष्ट लगायतका कोषबाट आतंकवादी गतिविधिका लागि ठूलोस्तरमा रकम संकलन गर्दै आएका थिए ।

भारतले सन् २००८ मा मुम्बई शहरमा १६० भन्दा धेरैको ज्यान जानेगरी भएको आतंककारी हमलामा हफिज सईद मुख्य योजनाकार रहेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : २५ बजे

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार

भारतीय माओवादीलाई अर्को धक्का, प्रहरी कारबाहीमा मारिए चर्चित कमान्डर हिडमा

नयाँदिल्ली- चर्चित भारतीय माओवादी कमान्डर हिडमा मारिएका छन् । उनीमाथि

सुदूरपश्चिमको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

काठमाडौं– सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो

सुदूरपश्चिममा उत्पादकत्व बढ्यो, क्षेत्रफल घट्यो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि