राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने २५ व्यवसायी सम्मानित « Khabarhub

राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने २५ व्यवसायी सम्मानित


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने २५ जना उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित हुने व्यक्तिलाई सम्मानपत्र र राष्ट्रको महत्वपूर्ण परिचय पत्र प्रदान गरेका छन् । मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी प्रदान गरिएको हो।

सरकारले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेको हो ।

उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उनीहरुले देशका विशिष्ट व्यक्तिसंग औपचारिक भेटघाटको विशेष अवसर पाउने, विमानस्थलमा विशिष्ट कक्षमा लञ्चको व्यवस्था, वैदेशिक व्यापार मेलामा जान पाउने लगायतका अवसर पाउने अर्यालले बताए ।

सम्मानित हुनेमा रामचन्द्र संघई, दोर्जेग्लासेम लामा, राहुलमान शाक्य, सुर्य कुमार गुरुङ, रविन श्रेष्ठ, हरिकृष्ण बेदी, दियराज सापकोटा, युक्ति गोल्छा, पेम्बा दोर्जे, विश्वराज बस्नेत, मछिन्द्र पाण्डे, गौपी प्रसाद कँडेल, सुजन कुमार श्रेष्ठ, निमार्ण कुमार चौधरी, राजलक्ष्मी गोल्छा, दिपेश प्रधान, लिऊ शु कुवाङ, पवन कुमार गोल्याङ, चन्द्र प्रसाद ढकाल, सुर्यराज ढकाल, सुनिता शेर्पा, अक्ष गोल्याङ, भवानी राणा, राजेश कार्की श्रेष्ठ र शतिश कुमार मोर रहेका छन् ।

जसमध्ये चन्द्र ढकाललाई आईएमई मार्फत सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याएकोमा र भवानी राणालाई वाणिज्य क्षेत्रमा बढी निर्यात व्यापार गरे वापत उक्त सम्मानद्वारा सम्मानित गरिएको हो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ३० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको