‘सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक’ « Khabarhub

‘सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक’


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय आकांक्षा प्राप्त गर्नका लागि सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक भएको बताएका छन् ।

सडक विभाग र सिमेन्ट व्यवसायी सङ्घ नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तर्क्रियामा उनले लगानी र अनुभव दुबैमा सहकार्य हुनुपर्ने बताए ।

उनले भौतिक पूर्वाधार छिटो र गुणस्तरीय नहुँदासम्म राष्ट्रिय आकांक्षा पूरा नहुने पनि बताए ।

सरकारले देश धनी बनाएर जनतालाई सुखी बनाउन कृषि, उद्योग, पर्यटन र पूर्वाधालाई ध्यान दिइरहेको उनको भनाइ थियो ।

“सिमेन्टको उत्पादन बढेपनि अझै पनि गुणस्तरिय उत्पादन नभएको टिप्पणी आइरहेको छ,” उपप्रधानमन्त्री पोखरेलले भने ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले देशभित्र सिमेन्टको उत्पादन बढिरहेकाले त्यसको खपत बढाउन सडक निर्माणमा प्रयोगको सम्भावना रहेको बताए ।

कङ्क्रिट सडक निर्माण गर्दा हुने फाइदा र बेफाइदाका बारेमा विस्तृत रुपमा अध्ययन गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । पहिले सिमेन्ट चाहिँदा केही समय पहिले नै ‘बुकिङ’ गर्नुपर्ने अवस्थाबाट अहिले आत्मनिर्भरको अवस्थामा आउनु सकारात्मक कुरा भएको उनले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको बताए ।

प्रधानमन्त्रीका विकास समन्वय विज्ञ गजेन्द्र थपलियाले कुनै पनि क्षेत्रमा लगानी गर्नु पहिले व्यवसायीले त्यस क्षेत्रमा हुनसक्ने चुनौतीका विषयमा ध्यान दिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : १५ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य