‘सीप हुन्छ हातमा, रोजगारी साथमा’ अभियान शुरु « Khabarhub

‘सीप हुन्छ हातमा, रोजगारी साथमा’ अभियान शुरु


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- “सीप हुन्छ हातमा रोजगारी साथमा” भन्ने नारासाथ पोखरामा प्राविधिक तथा व्यावसायिक शिक्षाको बारेमा जनसचेतना अभियानको शुभारम्भ भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पोखरा प्राविधिक शिक्षालयमार्फत जनचेतना अभियान सञ्चालन गरिएको हो ।

देशका तीन ठाउँबाट पाइलट प्रोजेक्टको रुपमा शुरु यस अभियानको आज पोखरामा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले शुभारम्भ गरे ।

उनले अबको युग सीप र प्रविधिको युग भएकाले सीपमा पनि नवीनतम सोच आवश्यक रहेको बताए । परिषदका, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल ब्रजाचार्यले सिटिभिटीले वार्षिक ७४ हजार ८६३ लामो अवधिको भर्ना क्षमता र ५० हजार छोटो अवधिको तालीम सञ्चालन गरेको जानकारी दिए ।

पोखरा प्राविधिक शिक्षालयका प्राचार्य जीवन भण्डारीले पोखरा देशमा उत्कृष्ट प्राविधिक जनशक्ति उत्पादन गर्ने पर्यटन प्राविधिक शिक्षालयको रुपमा रहेको बताए । उनले पर्यटन क्षेत्रमा उत्कृष्टता केन्द्रको रुपमा विकास गर्ने उद्देश्यसहित अघि बढेको बताए ।

कार्यक्रम टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले सिजनात्मक सीप मात्र बजारमा बिक्ने बताए । फोरम फर टेक्निकल एजुकेशनका गण्डकी प्रदेश प्रमुख टङ्क अधिकारीले प्राविधिक शिक्षामा गरिएको लगानीलाई खेर जान नदिन रोजगारप्रदायक संस्थासँग समन्वय गरेर रोजगारको क्षेत्र विस्तार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ८ : ५७ बजे

‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा

काठमाडौं– संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइयो चैती छठ 

काठमाडौं– अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती