तोकिएको क्वारेन्टाइनस्थलमा सङ्क्रमण फैलन नदिन उच्च सतर्कता छ : स्वास्थ्य मन्त्रालय « Khabarhub

तोकिएको क्वारेन्टाइनस्थलमा सङ्क्रमण फैलन नदिन उच्च सतर्कता छ : स्वास्थ्य मन्त्रालय


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै सङ्क्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएर काम गरिरहेको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी गृह, रक्षा, परराष्ट्र, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतको समन्वयमा क्वारेन्टाइनस्थलको आवश्यक सुरक्षा र निगरानी भइरहेको जनाएको छ । सरकराले चीनमा रहेका नेपालीलाई केही दिनमा नै नेपाल फर्काउने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्धारा आज जारी विज्ञप्तिमा नेपालमा एक जनामा बाहेक कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नरहेको जनाइएको छ । अहिलेसम्म १८ जनाको परीक्षण गरिएकोमा एक जनामा मात्रै सङ्क्रमण फेला परेको थियो । सङ्क्रमित व्यक्ति निको भएर घर फर्किसकेको श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयका अनुसार चीनको हुवेइ र वुहानलगायत २२ प्रान्तमा कोरोना भाइरस सङ्क्रमण भइसकेको छ । यो भाइरस चीनसहित २४ देशमा देखिएको छ । सरकारले कोरोनाको प्रभाव नेपालमा पर्न नदिन आवश्यक तयारी र उच्च सतर्कता अपनाइएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट आएका व्यक्तिलाई आवश्यक स्वास्थ्य परीक्षण गरी शङ्का लागेमा अस्पताल लगिने र अन्यलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ ।

क्यारेन्टाइनमा राखिएका व्यक्तिलाई नियमित स्वास्थ्यपरीक्षण गरी शङ्कास्पदको प्रयोगशालामा परीक्षण गरिने, रोग लागेको शङ्का लागेमा आइसोलेसनमा राखिने, रोग सर्न नदिन विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डको आधारमा काम गरिने र सङ्क्रमित व्यक्ति भेटिए उपचारपछि निको भए पनि सङ्गठनको मापदण्डअनुसार नै अन्य व्यक्तिसँग सम्पर्कमा आउन नमिल्ने गरी राख्ने व्यवस्था मिलाइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

चीनबाट ल्याउन लागिएका विद्यार्थी कोरोना भाइरसबाट सङ्क्रमित नभएको समेत मन्त्रालयले स्पष्ट पारेको पारेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ०८ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,