यी सात खानेकुरा जसले घटाउँछ रोगप्रतिरोधात्मक क्षमता « Khabarhub

यी सात खानेकुरा जसले घटाउँछ रोगप्रतिरोधात्मक क्षमता


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युवाअवस्था मानिस परिवक्व हुने अवस्था हो । यो समयमा खानपानदेखि सबै कुराको व्यवस्थापन गर्न जरुरी छ । जसले पौढ जीवन सुखद हुन्छ ।

पौढ उमेर शुरु भएसंगै मानिसमा बिभिन्न प्रकारका स्वास्थ्य समस्याहरु देखा पर्न थाल्दछन् ।

विशेष गरी खानपान र स्वास्थ्यमा ध्यान नपुर्याउँदा यो उमेरमा रोग प्रतिरोधात्मक क्षमता कम हुनुका साथै शारीरिक अंगको कार्यक्षमतामा पनि कमी आउँछ ।

त्यसैले ३० बर्ष उमेर पार गर्नेहरुले सही तथा पोषणयुक्त खानेकुराको सेवन गर्नुपर्दछ । यस उमेरमा निम्न कुरालाई सकेसम्म बार्नु राम्रो मानिन्छ ।

१. मैदा
३० बर्ष माथिका मानिसले सकेसम्म मम, चाउमिन लगायत मैदाबाट बनेको परिकार खानु हुदैन । मैदालाई शरीरले ग्लूकोजमा परिणत गर्ने भएकाले फ्याटको रुपमा संग्रहीत हुनजान्छ । विस्तारै पच्ने र लामो समयसम्म पेट भरिएको महसुस गराउँन आटा खानु राम्रो हुन्छ ।

२. नुन
शरीरका लागी नुन आवश्यक छ । तर ३० वर्ष उमेर कटेकाहरुले अत्यधिक मात्रामा नुनको सेवन गर्नुहुदैन । शरीरमा सजिलै घुल्ने भएकाले नुनले शरीर फुलाउने र सुन्निने बनाई शरीर बुढो देखाउँछ । साथै यसले उच्च रत्तचाप तथा स्ट्रोक हुने खतरा हुन्छ ।

३. क्याफिन
कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । क्याफिनले अनिन्द्राको समस्या निम्त्याउँछ । साथै क्याफिनको अत्याधिक सेवनले बुढ्यौलीपना पनि निम्तिन्छ । मदिराले झै यसको अत्याधिक सेवनले शरीरमा कार्वोहाइड्रेटको समस्या निम्त्याई तौल समेत बढाउँछ ।

४. कृत्रिम गुलियो
बजारमा बिभिन्न प्रकारका कृत्रिम गुलियोका उत्पादनहरु पाइन्छ । यस्ता गुलियोले शरीरमा ग्लूकोजको मात्रा बढाउनुका साथै बोसो लाग्ने समस्या निम्त्याउँछ । जसले ३० बर्ष माथिका मानिसको शरीरमा टाइप २ मधुमेह, कार्डियोभास्कुल लगायतको रोग लगाउन सक्छ ।

५. चिनी
कृत्रिम गुलियोले मात्र होइन, चिनिले पनि यो उमेरका मानिसमा हानिकारक पुर्याउन सक्छ । अत्याधिक मात्रामा चिनीको सेवन गर्दा हिप तथा पेट लगायतका अंगमा बोसो लाग्दछ । यसले बाँझोपना, अनुहारको चाउरीपना लगायतको स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

६. रेडिमेड खाना
३० बर्ष उमेर कटेका तथा घर वा कोठामा पकाउन अल्छि मान्नेहरुका लागी रेडिमेड खाना राम्रो विकल्प हो । तर यस्ता खानामा नुन, चिनी तथा फ्याटको मात्रा बढि हुने भएकाले यो शरीरका लागी भने हानिकारक हुन्छ । त्यसैले रेडिमेड खाना नखानु राम्रो हुन्छ ।

७. क्यान
यस उमेरका मानिसले क्यान बन्द पेय तथा खाद्य सामाग्रीको प्रयोग गर्दछन् । तर क्यानमा राखिएको खानेकुरामा विपिए (प्लाष्टिकलाई कडा बनाउन प्रयोग गरिने रसायन विसोफेनल ए) को मात्रा धेरै हुन्छ, जसले बिभिन्न स्वास्थ्य समस्या निम्त्याउँने गर्दछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ७ : ५८ बजे

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको

जेनजी आन्दोलन: ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित, ८४ अर्ब ४५ करोड बढीको क्षति

काठमाडौं- जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण

कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने

काठमाडौं – काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सीमामा रहेको कुण्डेश्वर महादेव