कोरोना भाइरस संक्रमणः भारतमा पहिलो पटक एक जनाको मृत्यु, अत्यावश्यक बाहेकका सबै भिसा रद्द « Khabarhub

कोरोना भाइरस संक्रमणः भारतमा पहिलो पटक एक जनाको मृत्यु, अत्यावश्यक बाहेकका सबै भिसा रद्द


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक  एक जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार अनुसार कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृत्यु भएको हो।

कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

भारतको कर्नाटक राज्य सरकारले कोभिड-१९ (कोरना भाइरस) महामारी घोषणा गरेको छ। बुधबार कर्नाटकले कोरोना भाइरसको महामारी घोषणा गरेको भारतीय समाचार माध्यमले जनाएका हुन् ।

कर्नाटक राज्यमा सबै विद्यालय बन्द भइसकेका छन्। परीक्षाका कार्यक्रम पनि सारिएको छ। भने हाम मिलाउनुको सट्टा नमस्ते अभियान समेत चलाइएको छ।

कर्नाटकका स्वास्थ्य मन्त्रीले १ लाखभन्दा बढी मानिसमा कोरोनाको परीक्षण गरिए पनि ६ सय मानिसमा मात्र संक्रमण हुन सक्ने आशंका गरिएको बताएका छन्।

भारतमा हालसम्म ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

यसैबीच भारत सरकारले अप्रिल १५ सम्मका लागि अत्यावश्यक बाहेकका सबै भिसा रद्द गरेको छ।

विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै भारत सरकारले अप्रिल १५ सम्मका सबै भिसा रद्द गर्ने निर्णय गरेको हो।

बुधबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सबै भिसा रद्द गर्ने निर्णय भएको गरेको छ।

‘कूटनीतिक, कार्यालयीय, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय निकाय, रोजगारी, प्रोजेक्ट भिसाबाहेक हाल जारी भएका सबै भिसा अप्रिल १५ सम्मका लागि रद्द गर्ने निर्णय भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : ११ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित