फेसबुक र वाइफाई ह्ययाक भयो, यसरी पत्ता लगाउनोस् पासओर्ड चोर « Khabarhub

फेसबुक र वाइफाई ह्ययाक भयो, यसरी पत्ता लगाउनोस् पासओर्ड चोर


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यदि तपाईंले सजिलोको लागि सबैजसो सामाजिक सञ्जाल, वेबसाइटदेखि वाइफाइसम्म एउटै पासवर्डको प्रयोग गरिरहनु भएको छ भने त्यो सुरक्षित हुदैन ।

एउटा मात्र पनि पासओर्ड पत्ता लगाएको खण्डमा तपाइको सबै सामाजिक सञ्जाल, वेभसाइट, इमेल र वाइफाइ समेत ह्याकरको नियन्त्रणमा पुग्छ ।

त्यसैले हरेक साइटका लागि फरक/फरक पासवर्ड राख्नु अत्यन्तै जरुरी छ । यदि तपाई इन्टरनेटको दुनियाँमा सुरक्षित हुन चाहानुहुन्छ भने पासवर्डहरु नियमित परिवर्तन गरिरहनु पनि जरुरी छ ।

यस्तो प्रविधको प्रयोग गर्न सकेमा सवै वेबसाइटमा फरक पासवर्ड राखेर पनि बिर्सिदैन भने कसैले ह्याक गरेर पासओर्ड नै चोरो भने पनि सहजै चोर पत्ता लगाउनु सकिन्छ । हामि तपाईलाई सोही प्रविधिको बारेमा यहाँ जानकारी प्रस्तुत गर्दैछौ ।

बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरका अनुसार प्रख्यात नामहरु, फिल्म वा उपन्यास वा कमिक्सका फिक्सनल क्यारेक्टर (जस्तै सुपरम्यान, स्पाइडरम्यान, ह्यारी पोटर), १ देखि ९ सम्मको नम्बर, फोन नम्बर जस्ता कुरालाई पासवर्डको रुपमा राख्दा धेरै ह्याक हुने गरेको छ। यदि तपाईंको पासवर्ड पनि यस्तै प्रकारको छ भने तत्काल परिवर्तन गरेको राम्रो।

यस्तोमा विज्ञहरु पासवर्ड म्यानेजर एपको प्रयोग गर्ने सल्लाह दिन्छन्। यसको प्रयोगले तपाईलाई बारबार सबै पासवर्ड याद गर्नु पर्दैन। यो एपले सबै पासवर्डलाई सुरक्षित राख्ने तथा सुरक्षित पासवर्ड छनोट गर्न पनि सहयोग गर्छ।

तपाईंले आफ्नो पासवर्ड कसैले चोरेको छ या छैन भनेर एउटा सामान्य सेक्युरिटी वेबसाइटको मद्दतले थाहा पाउन सक्नु हुन्छ ।

यसका लागि ‘ह्याभ आई बिन पन्ड डट कम‘मा गएर आफ्नो इमेल राखेपछि, त्यहाँ तपाईको इमेल कुनै ‘डाटा ब्रिच’ (ह्याक गरेर डाटा सार्वजनिक गर्ने) मा लिंक भएको छ या छैन थाहा पाउन सकिन्छ।

यसबाट आफ्नो अकाउन्ट कसैले ह्याक गरेको छ या छैन थाहा हुन्छ। विज्ञहरुका अनुसार हालसम्म पासवर्ड म्यानेजरको प्रयोगलाई सुरक्षित मानिएको छ।

हाल प्रयोग गरिएका सबैजसो वेब ब्राउजरमा (जस्तै गुगल क्रोम, फायर फक्स, सफारी) यो फिचर छ। तर तपाई अझै सुरक्षित र सबै प्ल्याटफर्ममा प्रयोग गर्न मिल्ने माध्यम चाहनुहुन्छ भने ‘वन पासवर्ड‘ तथा ‘लास्टपास‘को निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ ।

तर एउटै पासवर्ड धेरै पटक अथवा धेरै वेबसाइटमा प्रयोगले भने अत्यन्त ठूलो जोखिम निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ६ : १७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्