नेपाली भूमि फिर्ता ल्याउनेसम्बन्धी संकल्प प्रस्ताव पेश हुँदै « Khabarhub

नेपाली भूमि फिर्ता ल्याउनेसम्बन्धी संकल्प प्रस्ताव पेश हुँदै


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कालापानी क्षेत्रलाई नेपालकै कायम गराउने र त्यहाँ रहेका भारतीय सैनिकलाई फिर्ता गराउन नेपाल सरकारले पहलकदमी लिनुपर्ने विषय समेटिएको संकल्प प्रस्ताव प्रतिनिधिसभामा पेश हुने भएको छ ।

झण्डै साढे चार महिनाअघि भारतले प्रकाशित गरेको नक्सामा नेपाली भूभाग परेपछि भन्दै त्यसलाई फिर्ता गराउन कूटनीतिक पहल गर्न माग गर्दै उक्त प्रस्ताव प्रतिनिधिसभामा पेश हुन लागेको हो ।

संघीय संसद सचिवालयका अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले बिहीबार(आज) बस्ने प्रतिनिधिसभा बैठकमा उक्त प्रस्ताव पेश गर्ने छन् । उक्त प्रस्तावलाई नेकपा सांसद रामकुमारी झाँकीले समर्थन गर्नेछिन् ।

सत्तारूढ नेकपाका सांसद् तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले दर्ता गराएको उक्त संकल्प प्रस्तावमा कालापानीमा रहेका भारतीय फौज फिर्ता गराउन माग गरिएको छ ।

सो संकल्प प्रस्तावमा दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा भारतले सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी ओलीले आयोजना गरेको सर्वदलीय बैठकले ती भूभाग फर्काउन नेपाल सरकारलाई निर्देशन दिएको सम्झना गरिएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १० : ०१ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट