कोरोना भाइरस महामारी घोषित भएपछि के परिवर्तन आउँछ ? | Khabarhub Khabarhub

कोरोना भाइरस महामारी घोषित भएपछि के परिवर्तन आउँछ ?


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई पेनडेमिक अर्थात महामारी घोषित गरेको छ ।

यसअघि डब्ल्यूएचओले कोरोना भाइरसलाई महामारी भनेको थिएन ।

महामारी त्यसखालको बिरामीलाई भनिन्छ जो एकै समयमा विश्वको अलग अलग देशमा मानिसहरुमा फैलिरहेको हुन्छ ।

डब्ल्यूएचओ का प्रमुख डा टेडरोज आध्यनोम गेब्रेयेसोसले भने कि अब उनी कोरोना भाइरसलाई लिएर माहामारी शब्दको प्रयोग गरिरहेका छन् किनकी भाइरसलाई लिएर भइरहेको निष्क्रियता चिन्ताजनक छ ।

यो परिभाषा मात्र त्यस खालका संक्रमणकारी बिरामीका लागि प्रयोग गरिने गरिएको छ जो निकै तिब्र रुपमा कयौं देशमा एक साथ मानिसहरुको सम्पर्कको बीचमा फैलन्छ ।

यस अघि साल २००९ मा स्वाइन फ्लूलाई महामारी घोषित गरिएको थियो ।

विशेषज्ञहरुका अनुसार स्वाइन फ्लू को कारण कयौं लाख मानिस मारिएका थिए ।

महामारी हुने अधिक संभावना तब हुन्छ जब भाइरस बिलकुल नयाँ हुन्छ । सजिलै मानिस संक्रमित भइरहेका हुन्छन् र मानिसहरुबीच सम्पर्कबाट प्रभावित र निरन्तर फैलिरहेको हुन्छ ।

कोरोना भाइरसले यी सबै कुराहरुलाई पूरा गरेको छ ।

अहिले सम्म कोरोना भाइरसको कुनै उपचार या औषधि छैन । भाइसर विस्तार रोक्नु नै सबै भन्दा ठूलो विषय बनेको छ ।

फेब्रुवरीको अन्तिममा डा टेडरोजले भनेका थिए कि कोरोना भाइरसमा महामारी बन्ने क्षमता छ तर अहिले यो महामारी होइन किनकी हामीले विश्वभर यसको अनियन्त्रित विस्तार देखिरहेका छैनौं ।

तर अब ति देशहरुको संख्या बढिरहेको जसमा कोरोनाको मामला सार्वजनिक भएको छ ।

ताजा आकडा अनुसार ११४ देशमा अहिलेसम्म १ लाख १८ हजार मामला आएका छन् ।

तर भाइरसको बारेमा भाषा या परिभाषालाई बदल्नुबाट भाइरस कति फैलिरहेको छ भन्ने कुरामा असर पर्दैन ।

तर डब्ल्यूएचओलाई लाग्छ कि अब देशहरु यसलाई लिएर थप गम्भीर हुनेछन् ।

डा टेडरोजले भने, “केही देश क्षमताको कमीसँग जुधिरहेका छन्, केही संशाधनको कमीसँग जुधिरहेका छन् र केही देश इच्छाशक्ति को कमीसँग जुधिरहेका छन् ।’

उनले भने, डब्ल्यूएचओ चाहन्छ कि सबै देश कोरोना विरुद्धको कमद उठाउन् ।

आपातकालीन प्रतिक्रियातन्त्रलाई लागू गरियोस् र यसको क्षमता बढाइयोस् । मानिसहरुलाई यसको खतरा र वचाउको बारेमा बताइयोस् डब्ल्यूएचआले भनेको छ ।

उसले भनेको छ,‘कोरोना भाइरस संक्रमणका हरेर मामलाको खोजि परीक्षण, उपचार र सम्पर्कमा आएका सबै मानिसको पहिचान गरियोस् ।’

बीबीसी हिन्दीबाट भावानुवाद

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १ : ०९ बजे

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर

कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ?

काठमाडौँ – मङ्गलबार बेलुकी १० बजेदेखि देशको सुरक्षा कमाण्ड सम्हालेको