बलात्कारको आरोप लागेका हलिउड निर्माता हार्वी वाइनस्टिनलाई २३ वर्ष कैद « Khabarhub

बलात्कारको आरोप लागेका हलिउड निर्माता हार्वी वाइनस्टिनलाई २३ वर्ष कैद


२९ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – बलात्कार तया यौन उत्पीडनको आरोप लागेका हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिनलाई २३ वर्ष कैद सजायको फैसला सुनाइएको छ । न्युओर्कको एक अदालतले हार्वीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

मिटु मुभमेन्टका बेला हलिउडकर्मी महिलाहरुले उनीमाथि यौन हिंसा गरेको आरोप लगाएका थिए । यसलाई मिटु मुभमेन्टसँग जोडिएका महिलाहरूले स्वागत गरेका छन् ।

यसअघि नै अदालतले दोषी ठहर गरेका हार्वीलाई वकिलहरुले अदालतमा फैसला घटाउन माग गरे पनि विपक्षमा खडा भएका वकिलहरूले हदैसम्मको सजाय हुनुपर्ने माग गरेका थिए ।

हार्वीलाई २५ वर्षसम्म जेल सजाय हुनसक्ने बताइएको थियो । उनीमाथि ८० महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए ।

हलिउडका यी चर्चित निर्माताले गुड विल हन्टिङ्, द किङ्ग्स स्पीच र शेक्सपियर इन लभ लगायतका फिल्म निर्माण गरेका थिए । यता वाइन्सटिनले भने यी सबै आरोपको खण्डन गर्दै आएका थिए ।

हार्भीमाथि अभिनेत्री बन्न चाहने एक कलाकारलाई बलात्कार गरेको र सन् २००६ मा तत्कालीन उत्पादन सहायकलाई कुटेको आरोप समेत लागेको थियो । यही मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १ : ४५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको