इन्टरनेटमा महिलाहरु अझै असुरक्षित « Khabarhub

इन्टरनेटमा महिलाहरु अझै असुरक्षित


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्टरनेट महिलाहरुका लागि अझै सुरक्षित नरहेको एउटा अध्ययनले देखाएको छ  ।

एक रिर्पोट अनुसार इन्टरनेटमा ५० प्रतिशत महिलाहरुले कुनै न कुनै रुपमा ‘अनलाईन एब्युज’को सामना गर्नु पर्ने उल्लेख छ ।

यसैकारण कयौँ महिलाहरुले आफ्नो जागिर तथा कयौँ प्रभावशाली महिलाहरुले आफ्नो सोशल मिडिया अकाउन्ट बन्द गर्नु परेको बताइन्छ ।

वर्ल्ड वाइड वेब (डब्ल्युडब्ल्युडब्ल्यु) ३१ औँ वर्षमा प्रवेश गरेपनि डब्ल्युडब्ल्युडब्ल्युका फाउन्डर टिम बर्नर्स लीले ३१ विश्वका अलग अलग सरकारहरु र टेक कम्पनीहरुलाई इन्टरनेटमा लैगिंक समानता बढाउने काम प्रमुख रुपमा गर्न आग्रह पनि गरे ।

टिमले आफ्नो ओपन लेटरमा डब्ल्युडब्ल्युडब्ल्यु ले महिलाहरु र युवतीहरुको पक्षमा काम नगरेको बताएका छन् ।

उनले महिला, बालीकाहरु र एलजीबिटीक्यू समुदायका मानिसहरु इन्टरनेट एब्युजको सिकार हुनु पर्ने उल्लेख गर्दै विश्वका सबै महिलाहरु र पुरुषहरुले यसको बारेमा सोच्न आवश्यक रहेका जनाएका छन् ।

उनले लैगिंक समानता र महिला अधिकार एउटा सभ्य समाजका लागि आवस्यक रहेको जनाएका छन । यसबाहेक उनले विश्वका फरक फरक क्षेत्रमा इन्टरनेटको प्रयोगमा महिला र पुरुषबीच रहेको भिन्नताको एक आंकडा पनि शेयर गरेका छन ।

वर्ल्ड वाइड वेब फाउन्डेशनकोआकंडा अनुसार इन्टरनेटमा महिलाहरु निकै पछि रहेका छन । फाउन्डेशनले विश्वका फरक फरक क्षेत्रहरुको तथ्यांक सार्वजनिक गरेको छ ।

दक्षिण एशियाका मात्रै १८ प्रतिशत महिलाहरुले इन्टरनेट प्रयोग गरेको उल्लेख छ ।

यस्तै साउथ ईस्ट एशियाका ६० प्रतिशत महिलाहरु, ईस्ट एशियाका ८३ प्रतिशत महिलाहरु र सेन्ट्रल एशियाका ५७ प्रतिशत महिलाहरुले इन्टरनेट प्रयोग गर्ने देखाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  १ : १८ बजे

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार