डेढ करोड रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ « Khabarhub

डेढ करोड रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ


२९ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा डेढ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’को एक करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

पक्राउ परेका तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक रहेका छन् । उनीहरुलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली गर्दै आएका थिए ।

उनिहरुले बैंकमा जम्मा नगरी  एक करोड ६१ लाख ७६ हजार आठ सय ६० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १ : ४७ बजे

ईयू प्रतिबन्धको जवाफमा युरोपेली वस्तुको आयातमा कडाइ गर्ने रुसी तयारी

मस्को– युरोपेली सङ्घ (ईयू) ले लगाएका प्रतिबन्धको प्रतिकारस्वरूप रुसले केही

छिटो र सहज न्यायका लागि मेलमिलाप विधेयक ल्याएका हौँ : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विवादका पक्षहरूलाई

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार

काठमाडौँ– डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको

जनकपुरविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर

कम्युनिस्ट एकताका लागि माधव नेपालको अपिल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले बृहत्तर कम्युनिष्ट