नख्खु–बङ्मती सडक निर्माण अघि बढ्यो « Khabarhub

नख्खु–बङ्मती सडक निर्माण अघि बढ्यो


२९ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विस्तारका क्रममा रहेको नख्खु खोलाबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडकका विभिन्न खण्डमा काम अघि बढेको छ ।

भैँसेपाटीको उकालोलगायतका स्थानमा निर्माण अघि नबढे पनि धेरै स्थानमा निर्माण भइरहेको छ ।

तीन वर्ष पहिले शुरु भएको सडक विस्तार विभिन्न अवरोधका कारण अहिलेसम्म आधा सकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडक विस्तार दुई ठेक्कामार्फत निर्माण अघि बढाइएको हो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले निर्माणस्थल खाली गर्छ । निर्माणस्थल खाली हुन समय लाग्दा निर्माण शुरु हुनै लामो समय लागेको थियो । प्राधिकरणले चिह्न लगाएर सडक खाली गराएपछि आयोजनाले निर्माण व्यवसायीमार्फत विस्तारित सडकमा निर्माणको काम अघि बढाइरहेको छ ।

यस सडकको केही स्थानमा विद्युत्, टेलिफोनका तार र कतिपय स्थानमा रुखसमेत हटाउन कठिन भएको थियो । अझै पनि कतिपय स्थानमा घर हटाउन नसकिएको इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । उनले भने “ती स्थानमा खाली गराउन लागिएको छ, मापदण्डानुसार जग्गा भएका स्थानमा काम भइरहेको छ ।”

यस सडकमा भैँसेपाटी क्षेत्रमा सडक निर्माण भइरहेको इञ्जिनीयर देवकोटाले बताए । साँघुरा बस्ती रहेका स्थानमा भने स्थानीय तहसँगको समन्वय छलफल भइरहेको छ ।

पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि शुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो ।

आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  २ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको