लकडाउनको मौका छोपी काठ तस्करी | Khabarhub Khabarhub

लकडाउनको मौका छोपी काठ तस्करी


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ ।

जिल्लाका भजनी, गोदावरी, बर्दगोरिया, लम्की र घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ । लकडाउनका बेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

प्रहरीले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाकाभित्र काठ तस्करी गर्ने व्यक्तिलाई धमाधम पक्राउ गरेर सार्वजनिक गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले सामुदायिक तथा राष्ट्रिय वनबाट अवैधरूपमा काठ तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल परिचालन गरी काठ चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर काठका गोलिया बरामद गरिएको छ ।

प्रहरीले लकडाउन अवधिभर काठ तस्करीमा संलग्न भजनी, गोदावरी, बर्दगोरिया, लम्की, घोडाघोडीलगायतका स्थानीय तहबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुबाट बरामद गरिएको काठका गोलिया तथा चिरान गरिएका कडी डिभिजन वन कार्याल पहलमानपुर र धनगढीलाई बुझाएको जनाइएको छ ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले लकडाउनमा भएकाले चोरी तस्करी नियन्त्रणमा समस्या भइरहेको स्वीकार गर्दै प्रतिकूल परिस्थितिका बाबजुदसमेत वन संरक्षणको टोली वन संरक्षणमा सक्रिय रहेको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १० : ५८ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ? जप्नुहोस् यी ११ मन्त्र

काठमाडौँ- आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा

आज २०८० साल असोज १६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज १६ गते मंगलबार। ज्योतिष

पछिल्लो राजनीतिक उपलब्धि अहिंसात्मक बाटोबाटै प्राप्त भएको हो : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पछिल्लो

पाकिस्तानले ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने

इस्लामावाद- पाकिस्तानले मुलुकमा रहेका ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने

वीरगञ्जको घण्टाघरबाट बत्ती चोर्ने दुई पक्राउ

वीरगञ्ज- वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको