पोखरा छिर्ने नाकामा कडाइ, विपन्नलाई राहत « Khabarhub

पोखरा छिर्ने नाकामा कडाइ, विपन्नलाई राहत


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पृथ्वी राजमार्ग हुँदै पोखरा उपत्यका छिर्ने मुख्य नाकामा रहेको पोखरा महानगरपालिका–३२ ले नाकामा कडाइ गर्दै विपन्नलाई राहत वितरण गरेको छ ।

वडाले पोखरा छिर्ने तनहुँ र कास्कीको सीमा कोत्रे र कास्कीकै रुपा गाउँपालिकाका विभिन्न नाकामा नागरिकस्तरमा विशेष निगरानीका साथ लकडाउनलाई प्रभावकारी बनाउँदै विपन्न एवं असहायलाई राहत वितरण गरेको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण र जारी लकडाउनका कारण दैनिकी सञ्चालनमा कठिनाइमा परेको परिवारलाई दैनिक जीविकोपार्जनमा परेको समस्यालाई दृष्टिगत गरी वडाले एक हजार ४४६ परिवारलाई राहत वितरण गर्न लागेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार राहत वितरणका लागि वडाका मजुवा, लामेआहाल, नयाँबस्ती खहरेखोला, छुची, ठूलापाटन, गढी, लामपाटन, स्कूलटोल, खुदीखोला, राजाका चौतारा मालमुल, स्यानघारी, खोलाको छेउ, सातमुहाने, मालेपाटन, ढोडबेँसी र देउराली फेदीका विभिन्न स्थानमा जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्थासँग सहकार्य एवं समन्वय गरिएको छ । प्रत्येक दुई परिवारका लागि २५ किलोग्राम चामल, दुई किलो दाल, एक–एक किलो केराउ र नुन, एक लिटर तेलको दरले राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : ५० बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको