स्वास्थ सामग्री खरिदमा भएको अनियमितता छानविन गर : ट्रान्सपरेन्सी « Khabarhub

स्वास्थ सामग्री खरिदमा भएको अनियमितता छानविन गर : ट्रान्सपरेन्सी


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआइ)नेपालले सरकारले हालासै गरेको स्वास्थ्य सामग्री खरिद प्रकृयाबारे छानवीन गर्न माग गरेको छ ।

स्वास्थ्य सामग्रीहरुको खरिद प्रकरणमा राष्ट्रघाती कमिसनखोरहरुसँग साँठगाँठ गरी राज्यकोषको चरम अपचलन गर्ने दुष्प्रयासको सञ्चारमाध्यम नागरिक समाजले उजागर गरेको र यस खरिद प्रकरणमा गलत नियत थियो भन्ने कुराको पुष्ट्याई सरकारको सोसम्बन्धी पछिल्लो निर्णयले नै गरेको ट्रान्सपरेन्सीले जनाएको छ ।

सार्वजनिक खरिद गर्दा स्वस्थ प्रतिपर्धा हुनुपर्ने भएपनि कहिले नीतिगत निर्णय त कहिले सरकारसरकारबीच खरिदका नाममा पटकपटक विचौलिया एवं दलालसँगको मिलेमतोमा राज्यकोषको ठूलो रकम अपचलन भएको टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अनियमितताको बारेमा सञ्चारमाध्यम एव नागरिक तहबाट बराबर सचेत गरारहँदा पनि सरकारले उनीहरुको आवाजको उपेक्षा गरेको मात्र होइन उनीहरुलाई सरकारी विरोधीको रुपमा चित्रित गर्ने गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ३ : ३२ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले