लकडाउनमा पनि जारी छ रंगशाला साजसज्जाको काम « Khabarhub

लकडाउनमा पनि जारी छ रंगशाला साजसज्जाको काम


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९) ले गर्दा देश अहिले लकडाउनमा छ । कोरोना संक्रमण फैलने त्रासले मानिसहरु घर भित्रै बसिरहेका छन् ।   तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको साज सञ्जाको काम भने जारी नै रहेको छ ।

शनिबार बेलुका रंगशालामा पहिलो चरणको घाँस काट्ने काम भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

घाँस काटेर पानी हालिसकेपछि मैदान निकै आकर्षक देखिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रंगशालामा खेल भएको थियो । साग लगत्तै सहिद स्मारक ए डिभिजन लिग रंगशालामै भएको थियो ।

ए डिभिजन लिग पछि यहिँ महिना फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ संयुक्त छनोट अन्तरगत चाइनिज ताइपेइ र अस्ट्रेलियासँगको नेपालको ‘होम गेम’ हुनेतय भएको थियो ।

उक्त खेलमा लागि रंगशाला मर्मतको काम फागुन पहिलो सातादेखि सुरु भएको थियोे । तर, कोरोना भाइरसका कारण स्थगित भएपछि नेपालले अस्ट्रेलियासँग घरेलु मैदानमा खेल्ने अवसर तत्कालका लागि गुमाइसकेको छ ।

‘लकडाउनले गर्दा रंगशालाको काम ममर्तको रोकिएको थियो । लामो समय पानी नपाएपछि मैदानको घाँस सुक्न थालेको थियो । तर, शनिबार बेलुका मैदानमा पानी पनि हालिएको छ र पहिलो चरणको घाँस पनि काटिएको छ,’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

अध्यक्ष शेपाले अब रंगशालाको काम नियमित हुने बताएका छ ।

लकडाउनको बेल कोरोना भाइरसले देशमा भयाबह अवस्था शृजना गरे राष्ट्रिय खेलकुद परिाष्द् (राखेप) र एन्फाले रंगशालालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सक्ने यसअघि नै बताइसकेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : १३ बजे

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

काठमाडौं– के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपद्को सारथी

काठमाडौं– स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाहरूले नेकपा एमालेका नेता महेश बस्नेतप्रति

रोल्पालीको शिर उचो बनाउने काम गरेको छु : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफूले

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

ताप्लेजुङ– मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ