पत्रकार खड्काले गृहजिल्लामा गरे स्वास्थ्य सामग्री सहयोग « Khabarhub

पत्रकार खड्काले गृहजिल्लामा गरे स्वास्थ्य सामग्री सहयोग


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कोरोना भाइरस (कोडिभ–१९) संक्रमणको रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मीसँग पर्याप्त सुरक्षा सामग्री उपलब्ध नभएको बेला पत्रकार रोशन खड्काले गृहजिल्ला कञ्चनपुरमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भई काठमाडौंमा कार्यक्षेत्र भएका पत्रकार खड्काले बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका हुन् ।

पत्रकार खड्काले पठाएका ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), ८०० थान सर्जिकल मास्क, २३ थान हेन्डवास र २० थान एन९५ मास्क स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

काठमाडौंपाटी डटकमका सम्पादक रहेका पत्रकार खड्काले आइतबार नेताद्वय पल्लभराज भट्टमार्फत बेलौरी नगरपालिका र अक्कलबहादुर विष्टमार्फत बेलडाँडी गाउँपालिकालाई  स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । स्वास्थ्य सामग्री बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्यकर्मीले कोरोनाका शंकास्पद बिरामीको उपचार गर्दा अत्यावश्यक मानिने पीपीई पत्रकार खड्काबाट प्राप्त भएर धेरै सहयोग भएको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘हाम्रो गाउँपालिकामा स्वास्थ्यकर्मीलाई पीपीई अभाव थियो, सहयोग प्राप्त भएर अब सजिलो हुनेछ,’ अध्यक्ष थापाले भने ।

व्यक्तिगत सुरक्षाका लागि पीपीई नहुँदा स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न डराउने गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : ३० बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको