पत्रकार खड्काले गृहजिल्लामा गरे स्वास्थ्य सामग्री सहयोग « Khabarhub

पत्रकार खड्काले गृहजिल्लामा गरे स्वास्थ्य सामग्री सहयोग


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कोरोना भाइरस (कोडिभ–१९) संक्रमणको रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मीसँग पर्याप्त सुरक्षा सामग्री उपलब्ध नभएको बेला पत्रकार रोशन खड्काले गृहजिल्ला कञ्चनपुरमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भई काठमाडौंमा कार्यक्षेत्र भएका पत्रकार खड्काले बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका हुन् ।

पत्रकार खड्काले पठाएका ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), ८०० थान सर्जिकल मास्क, २३ थान हेन्डवास र २० थान एन९५ मास्क स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

काठमाडौंपाटी डटकमका सम्पादक रहेका पत्रकार खड्काले आइतबार नेताद्वय पल्लभराज भट्टमार्फत बेलौरी नगरपालिका र अक्कलबहादुर विष्टमार्फत बेलडाँडी गाउँपालिकालाई  स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । स्वास्थ्य सामग्री बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्यकर्मीले कोरोनाका शंकास्पद बिरामीको उपचार गर्दा अत्यावश्यक मानिने पीपीई पत्रकार खड्काबाट प्राप्त भएर धेरै सहयोग भएको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘हाम्रो गाउँपालिकामा स्वास्थ्यकर्मीलाई पीपीई अभाव थियो, सहयोग प्राप्त भएर अब सजिलो हुनेछ,’ अध्यक्ष थापाले भने ।

व्यक्तिगत सुरक्षाका लागि पीपीई नहुँदा स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न डराउने गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु