कोरोनाभाइरसको संकटबाट मुक्तिका लागि एकता अपरिहार्य : पूर्वराजा शाह « Khabarhub

कोरोनाभाइरसको संकटबाट मुक्तिका लागि एकता अपरिहार्य : पूर्वराजा शाह


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन्। उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको नेपालमा सम्भावित जोखिम रोक्न एकता अपरिहार्य रहेको बताएका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्,  ‘विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वभाविक चुनौतीहरूको सामना गर्न हामी बीचको एकता अपरिहार्य छ।’

आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले कसैले कसैलाई निषेध गरेर गए महाभूल हुने पनि उल्लेख गरेका छन्।

‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयू समाप्त भएको धरातलीय यथार्थलाई आत्मस्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं,’ पूर्वाराजा शाहको शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : ४१ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि