चार स्थानीय तहका क्वारेन्टाइन भए खाली « Khabarhub

चार स्थानीय तहका क्वारेन्टाइन भए खाली


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका चारवटा स्थानीय तहका १४ दिनको अवधि पूरा गरेरसँगै क्वारेन्टाइन खाली भएका छन् ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्ने उद्देश्यका साथ यहाँको सिञ्जा गाउँपालिका, कनकानुन्दरी, पातारासी र चन्दननाथ नगरपालिकाले सञ्चालन गरेका क्वारेन्टाइन खाली भएका छन् । प्रवेश निषेध गराएको स्थानीय तहमा नयाँ मानिस नथपिएको र बसेका व्यक्तिको अवधि पूरा भएपछि क्वारेन्टाइन खाली भएका हुन् ।

कोभिड–१९ को सङ्क्रमण पैmलिन नदिन सिञ्जा गाउँपालिका–१ देखि ६ स्थित सिञ्जा बहुमुखी क्याम्पसमा रहेको ५३ श्ययाको १८ जना व्यक्तिको क्वारेन्टाइन १४ दिनको अवधि पूरा गरेसँगै क्वारेन्टाइन खाली भएको गाउँपालिकाले आवश्यक औषधि र खाद्यान्न बंैकसमेत सञ्चालन गर्न लागिपरेका अध्यक्ष देवलसिंह रावलले बताए ।

कनकासुन्दरी गाउँपालिकामा २० क्वारेन्टाइनमा बसेकाको १४ दिन अवधि पूरा गरेसँगै क्वारेन्टाइन खाली भएको प्रमुख प्रशासकीय अधिकृत विपेन्द्र अधिकारीले बताए ।

क्वारेन्टाइनमा बसेका व्यक्तिलाई गाउँपालिकाले खाना, बस्न र औषधि उपचारमा सहयोग गरेको अधिकारीले बताए । पातारासी गाउँपालिकाले वडा नं ४ सञ्चालन गरेको क्वारेन्टाइनमा नौजनाको अवधि पूरा भएसँगै क्वारेन्टाइन खाली भएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

अन्य गाउँबाट प्रवेश गर्ने व्यक्तिबाट कोरोना भाइरस पैmलिने खतराको दृष्टिगत गर्दै चैत महिनाको २६ गतेदेखि गाउँपालिका प्रवेशमा निषेध गरिएको गाउँपालिकाका अध्यक्ष लछिमान बोहोराले जानकारी दिए।

पालिका प्रवेश गर्ने मुख्य नाकामा सुरक्षाकर्मीसहित सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना भई कोरोनाविरुद्ध जनचेतना फैलाउन उपाध्यक्षको नेतृत्वमा टोलटोलमा जनचेतना जोगाउन कार्य थालिएको अध्यक्ष बोहोराले बताए ।

चन्दननाथ नगरपालिकाले ३० श्ययाको क्वारेन्टाइनमा एनजना १४ दिनको अवधि पूरा गरी घर फर्किसकेकाले क्वारेन्टाइन खाली भएको र होम क्वारेन्टाइनमा बसेको स्वास्थ्य शाखाप्रमुख क्षेत्रबहादुर महतले बताए ।

मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएसँगै यहाँका तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठिचौर गाउँपालिका र हिमा गाउँपालिकामा स्थापना गरी सञ्चालनमा आएका क्वारेन्टाइन बिस्तारै खाली हुँदै गएको गाउँपालिका अध्यक्षहरु बताउँछन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ८ : १० बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको