बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो « Khabarhub

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

आइतबारको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टाभित्र थप ७ सय ३७ जनाको कोरोना संक्रमणका कारण निधन भएपछि बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय १२ पुगेको हो ।

हाल बेलायतमा ८४ हजार २ सय ७९ जना यस रोगबाट संक्रमित छन् भने ५ हजार २ सय ८८ जना थप नया संक्रमित भएका छन् ।

विगत केहि दिन यता कोरोनाका कारण दैनिक मृत्युदर बढ्दै गर्दा बेलायतको अवस्था युरोपको भन्दा पनि भयाबह हुन सक्ने विज्ञहरुले बताएका छन् ।

हाल जारी गरिएका मृतकहरुको तथ्यांकमा अस्पतालको मात्र समावेस गरिएको र अन्य प्राइभेट रेसिडेन्ट र केयरहोमका मृतकहरुको समावेस नभएकोले मृतक संख्या निकै बढी हुनसक्ने बताइएको छ ।

विश्वभरिमा कोरोना संक्रमणका कारण १ लाख दश हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १८ लाख भन्दा बढी प्रभावित भैसकेका छन् । जसमध्य ४ लाख १२ हजार भन्दा बढिको उपचार भैसकेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण हाल अमेरिकामा सबैभन्दा बढी फैलिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १० : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै