जर्मनीले पनि 'जूम' प्रयोगमा लगायो प्रतिबन्ध | Khabarhub Khabarhub

जर्मनीले पनि ‘जूम’ प्रयोगमा लगायो प्रतिबन्ध


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीले पनि  भिडियो कन्फ्रेसिङ एप ‘जूम’ प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

जर्मनीको परराष्ट्र मन्त्रालयले आफ्ना कर्मचारीलाई ‘जूम’ प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गरिरहँदा पछिल्लो समय जूमको प्रयोग बढिरहँदा जर्मन सरकारले जूम प्रयोग नै नगर्न सूचित गरेको हो ।

सुरक्षासँग सम्बन्धि विषयलाई लिएर जूम विवादित बनिरहेको भन्दै उक्त एप प्रयोग नगर्न आग्रह गरिदै आएको छ ।

यसअघि अमेरिकाको माथिल्लो सदनले आफ्ना सदस्य र त्यहाँ कार्यरत कर्मचारीलाई जूम प्रयोग नगर्न आग्रह गरेको थियो ।

अमेरिकी सदनले जूम प्रयोगमा प्रतिबन्ध नै नलगाए पनि स्काइप लगायतका अन्य भिडियो कन्फ्रेन्सिङ एप प्रयोग गर्न आग्रह गरेको थियो ।

अहिलेसम्म ताइवान, अस्ट्रेलिया, स्पेस एक्स, न्युयोर्क स्टेट एरिया स्कूल तथा गुगलले जुमको प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १० : ४२ बजे

सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने

काठमाडौं– बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको

पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो

उद्योग संगठन मोरङले गर्‍यो श्रमिकलाई सम्मान

मोरङ – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा उद्योग

सप्तरीमा तीन लाख बराबरको धनमाल चोरी

सप्तरी– सप्तरीमा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।