हङकङमा फेरि सुरू भयो सरकारबिरोधी प्रदर्शन « Khabarhub

हङकङमा फेरि सुरू भयो सरकारबिरोधी प्रदर्शन


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रासकाबीच हङकङमा आइतबारदेखि फेरि सरकारबिरोधी प्रदर्शन सुरू भएको छ ।

हङकङ शहरमा आइतबार राती सयौं जनाले प्रजातान्तीक मूल्य मान्यता रक्षाको माग गर्दै नाराबाजी गरेको अलजजिराले जनाएको छ ।

सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपछि चीन विरोधी नाराबाजी गर्ने २ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनका क्रममा केही सवारी साधनमा आगजनी समेत गरिएको जनाइएको छ । कोरोना महामारी करिब नियन्त्रणमा आइसकेको हङकङकमा गत हप्तादेखि प्रदर्शनकारीहरु सडकमा देखिन थालेका थिए ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्न सकिने प्रावधान भएको विधेयकको विरोधमा लाखौं नागरिकहरूले सन् २०१९ को जुनदेखि सुरू गरेको प्रदर्शन उक्त विधेयक फिर्ता हुदा पनि रोकिएको थिएन ।

कोरोना भाइरसको महामारीले संसार नै आक्रान्त भएपछि हङकङमा हुदै आएको प्रदर्शन पनि सामसुम भएको थियो । तर त्यहाँ माहामारी नियन्त्रणउन्मुख अवस्थामा पुगिरहदा फेरि बिरोध प्रदर्शन चुलिने संकेत देखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ५ : ५२ बजे

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको