भारतमा आजदेखि रेल सेवा चालु हुँदै « Khabarhub

भारतमा आजदेखि रेल सेवा चालु हुँदै


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउनका कारण बन्द भएको भारतको रेल सेवा आजदेखि फेरि चालु हुँदैछ ।

कोरोना भाइरसको महामारीका कारण झण्डै दुई महिनाअघि बन्द गरिएको रेल सेवा आजदेखि चालु हुन लागेको हो ।

भारतीय सञ्चारमाध्यहरुका अनुसार आज अपराह्न ४ बजे नयाँ दिल्लीबाट बिलासपुरका लागि पहिलो रेल छुट्ने छ । त्यसलगत्तै अरू विभिन्न समयमा १४ वटा रेल विभिन्न गन्तव्यका लागि छुट्नेछन् ।

नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ।

यात्रा गर्नुअघि ती सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने छ । स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरुलाई रेलमा प्रवेश गर्न दिइने छैन ।

सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने पनि जनाइएको छ । रेल सेवा चालु हुने जानकारी पाएलगत्तै सोमबारदेखि अनलाइन बुकिङ सुरू भएको छ ।

भारतका रेलवे मन्त्री पियुष गोयलले मंगलबारदेखि रेलवे पुनः सञ्चालनमा आउने जानकारी दिएलगत्तै सोमबार अपराह्न ४ बजेदेखि अनलाइन बुकिङ सुरू भएको हो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न रोक लगाइएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : २७ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा