आँखाबाट पनि कोरोना भाइरस सर्न सक्ने ! « Khabarhub

आँखाबाट पनि कोरोना भाइरस सर्न सक्ने !


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अनुसन्धानकर्ताले रुघाखोकीलगायत स्वासप्रश्वास सम्बन्धी छिटाबाट कोरोना भाइरस सर्ने बताएका छन् । नयाँ अध्ययनले एसीई–२ प्रोटिनद्धारा आँखामार्फत पनि यो भाइरस सर्नसक्ने देखाएको छ ।

पूर्ण अनुसन्धान बाँकी नै रहेको यो अध्ययन बायोक्सरिभ रपोसिटरीमा प्रकाशित छ । यस अध्ययनले ओकुलर सेल संक्रमणको जोखिममा रहेको देखाउँछ, जसमा आँखाको कन्जङक्टिभा पनि पर्छ ।

‘यस नतिजाले आँखाको कन्जङक्टिभासहित ओकुलर (आँखाको) सर्फेस सेल्स सार्स–कोभ–२ संक्रमणको जोखिममा रहेको संकेत गर्छ । त्यसकारण मानिसबाट मानिसमा हुने संक्रमणका लागि यसले पनि भूमिका खेल्नसक्छ ,’ अमेरिकाको जोन हप्किन्स विश्वविद्यालय र चीनको यात्सेन विश्वविद्यालयका अनुसन्धानकर्ताले नयाँ अध्ययनमा लेखेका छन् ।

अनुसन्धानकर्ताहरुले कोभिड–१९ बाहेक अन्य कारणले मृत्यु भएका व्यक्तिको आँखाको पोस्ट मार्टम हेरेका थिए र उनीहरुले त्यहाँ एसीई–२ प्रोटिन र टिएमपिआरएसएस २ भेटे ।

‘कन्जङक्टिभल र कोर्नियल इपिथेलियल सेल्समा रहेको एसीई–२ र टिएमपिआरएसएस २ ले आँखाको सतहलाई स्वासप्रश्वास क्षेत्रपछिको संक्रमण फैलने दोस्रो क्षेत्रका रुपमा वा सम्भवत व्यक्तिमा भाइरस छिर्ने पहिलो मार्गका रुपमा पनि सहयोग गर्नसक्छ ।’

अनुसन्धानकर्ताले थपेका छन्, ‘ओकुलर सर्फेस सेल्समा भएको इन्फेक्सनले आँखालाई रोग बोक्ने महत्वपूर्ण माध्यम बनाउनसक्छ ।’

उनीहरुले संक्रमण फैलनबाट रोक्नका लागि समुदायले सुरक्षित अभ्यास गर्नुपर्ने (सफा रहनुपर्ने, मास्क प्रयोग गर्नुपर्ने) र आँखाको क्षेत्रमा काम गर्ने चिकित्सक वा स्वास्थकर्मीले अतिरिक्त सतर्कता अपनाउन जरुरी रहेको जनाएका छन् ।

केही दिनअघि अर्को एक अध्ययनले कोभिड–१९ ले मानिसको कन्जङ्क्टिभामा संक्रमण गर्नसक्ने संभावना एक सय गुणा बढी रहेको जनाएको थियो । कन्जङक्टिभा एक झिल्ली हो, जसले आईबल (आँखाको नानी ) र आईलिडको भित्रि सतहलाई कभर गर्छ ।

कोभिड–१९ लाई महामारी घोषणा गरिएलगत्तै अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले निर्देशिका जारी गर्दै भाइरसको फैलावट कम गर्नका लागि आफ्नो मुखमा नछुन आग्रह गरेको थियो । सोमबार बिहानसम्म विश्वभर ४१ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पहिचान भएको छ । यसमध्ये १३ लाख ३० हजारभनदा धेरै व्यक्ति अमेरिकी छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ३३ बजे

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट