मुक्ति विकास बैंकका अधिकांश सूचक सकारात्मक « Khabarhub

मुक्ति विकास बैंकका अधिकांश सूचक सकारात्मक


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले मुलुक लकडाउनमा रहेका बेला आर्थिक गतिविधि चलायमान नभइरहेका बेला पनि मुक्ति विकास बैंकका सूचक भने सकारात्मक देखिएका छन् ।

अधिकांश वाणिज्य बैंकहरुले खराब वित्तीय विवरण सार्वजनिक गरिरहेका बेला मुक्तिनाथ विकास बैंकले भने नाफा बढेको तथा वितरणयोग्य मुनाफा पनि सन्तोषजनक नै रहेको विवरण सार्वजनिक गरेको हो ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५ करोड रुपैयाँ बढी नाफा कमाएको छ ।

यो अवधिमा ६७ करोड ६० लाख नाफा आर्जन गरेको बैंकले अघिल्लो वर्षको यही अवधिमा ६२ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा पनि ३२ करोड ३७ लाख आर्जन गरेको छ ।

चुक्तापूँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको बैंकको प्रिमियममा ६ करोड ४० लाख रुपैयाँ छ ।

प्रिमियममा रहेको रकम समेत लाभांशको रुपमा वितरण गर्न सकिने भएकोले मुक्तिनाथले लगानीकर्तालाई निराश नपार्ने देखिएको छ ।

बैंकले तेस्रो त्रैमाससम्म २ अर्ब १० करोड खूद ब्याज आम्दानी गरेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ८१ करोडमा सीमित थियो ।

समीक्षा अवधिमा बैंकले ५० अर्ब ९४ करोड निक्षेप संकलन गरी ४७ अर्ब ५६ करोड कर्जा प्रवाह गरेको छ भने यही अवधिमा ४१ अर्ब ४७ करोड निक्षेप संकलन गरी ३८ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको छ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : ०० बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई