मुक्ति विकास बैंकका अधिकांश सूचक सकारात्मक « Khabarhub

मुक्ति विकास बैंकका अधिकांश सूचक सकारात्मक


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले मुलुक लकडाउनमा रहेका बेला आर्थिक गतिविधि चलायमान नभइरहेका बेला पनि मुक्ति विकास बैंकका सूचक भने सकारात्मक देखिएका छन् ।

अधिकांश वाणिज्य बैंकहरुले खराब वित्तीय विवरण सार्वजनिक गरिरहेका बेला मुक्तिनाथ विकास बैंकले भने नाफा बढेको तथा वितरणयोग्य मुनाफा पनि सन्तोषजनक नै रहेको विवरण सार्वजनिक गरेको हो ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५ करोड रुपैयाँ बढी नाफा कमाएको छ ।

यो अवधिमा ६७ करोड ६० लाख नाफा आर्जन गरेको बैंकले अघिल्लो वर्षको यही अवधिमा ६२ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा पनि ३२ करोड ३७ लाख आर्जन गरेको छ ।

चुक्तापूँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको बैंकको प्रिमियममा ६ करोड ४० लाख रुपैयाँ छ ।

प्रिमियममा रहेको रकम समेत लाभांशको रुपमा वितरण गर्न सकिने भएकोले मुक्तिनाथले लगानीकर्तालाई निराश नपार्ने देखिएको छ ।

बैंकले तेस्रो त्रैमाससम्म २ अर्ब १० करोड खूद ब्याज आम्दानी गरेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ८१ करोडमा सीमित थियो ।

समीक्षा अवधिमा बैंकले ५० अर्ब ९४ करोड निक्षेप संकलन गरी ४७ अर्ब ५६ करोड कर्जा प्रवाह गरेको छ भने यही अवधिमा ४१ अर्ब ४७ करोड निक्षेप संकलन गरी ३८ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको छ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : ०० बजे

काठमाडौं महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी– विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका