हामीलाई सीमा मिच्ने होइन, ठूलो हृदय भएको छिमेकी चाहिएको हो: धुर्मुस « Khabarhub

हामीलाई सीमा मिच्ने होइन, ठूलो हृदय भएको छिमेकी चाहिएको हो: धुर्मुस


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक अभियन्ता तथा हास्यकलाकार सीताराम कट्टेलले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न भारत सरकारले छिटो कदम चाल्न अनुरोध गरेका छन् ।

भारतले लिपुलेकमा सीमाना मिचेर तिब्बतको मानसरोवर जाने सडक निर्माण गरेपछि नेपालमा भारतविरुद्ध आवाज गुञ्जिएको छ । कट्टेलले सामाजिक सञ्जालमार्फत भारतको यो कदमको विरोध गरेका हुन् ।

विभिन्न समयमा नेपालको सीमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदमअन्तर्गत लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको छ,’ धुर्मुस लेख्छन्, ‘कालापानी, लिपुलेकर सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थामा भारतीय पक्षले सधै विवाद निकाल्दै आएको छ, त्यसैले स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनी आग्रह गर्छौं ।’

उनले अन्तर्राष्ट्रिय कानूनअनुसार विवाद सुल्झाउन पनि पहल गरेका छन् । उनले लेखेका छन् – हामीलाई सीमा मिचेर ठूलो भूभाग भएको छिमेकी होइन, ठूलो हृदय भएको छिमेकी चाहिएको हो ।

भारतले लिपलेकमा नेपाली भूमि मिचेर मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालमा भारतको व्यापक विरोध भएको छ । भारतले भने आफ्नै भूमिमा बाटो बनाएको दाबी गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ४८ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी